काठमाडौं: फिफा क्लब विश्वकप फुटबल प्रतियोगिताअन्तर्गत बिहीबार राति सम्पन्न समूह ‘जी’को खेलमा इंग्लिस क्लब म्यानचेस्टर सिटीले इटालियन जायन्ट युभेन्ट्सलाई ५–२ को फराकिलो अन्तरले पराजित गर्दै समूह चरणमा शतप्रतिशत जितसहित शीर्ष स्थान सुरक्षित गरेको छ।
खेलको सुरुआतदेखि नै आक्रामक देखिएको सिटीले ९औं मिनेटमा जेरेमी डोकुको गोलमार्फत अग्रता लिएको थियो। तर, त्यो खुशी धेरैबेर टिक्न सकेन। ११औं मिनेटमा सिटीका गोलकिपर एडरसनको गल्तीको फाइदा उठाउँदै युभेन्ट्सका टिर्याप कोप मेरिनेसले बराबरी गोल फर्काए।
२६औं मिनेटमा युभेन्ट्सका पियरे ओलकाउले आत्मघाती गोल गर्दै सिटीलाई फेरि अग्रता दिलाए। पहिलो हाफमा सिटीले खेलमा नियन्त्रण कायम गरे पनि थप गोल भने गर्न सकेन।
दोस्रो हाफमा वैकल्पिक खेलाडीको रूपमा मैदान प्रवेश गरेका एर्लिङ हालान्डले ५२औं मिनेटमा गोल गर्दै अग्रता दोब्बर बनाए। त्यसपछि ६९औं मिनेटमा फिल फोडेन र ७५औं मिनेटमा सिभिन्होले गोल थप्दै सिटीलाई ५–१ को स्थितिमा पुर्याए।
खेल सकिन ६ मिनेट बाँकी रहँदा युभेन्ट्सका डुहान निसामोभिकले सान्त्वना गोल फर्काए।
समूह ‘जी’कै अर्को खेलमा एल ए आइनले वेयाद कासाब्लान्कालाई २–१ ले पराजित गर्दै महत्वपूर्ण जित निकालेको छ।
यस नतिजासँगै म्यानचेस्टर सिटी समूह चरणमा सबै खेल जित्दै ९ अङ्कसहित शीर्ष स्थानमा रहँदै दोस्रो चरणमा प्रवेश गरेको छ। युभेन्ट्स भने ६ अङ्कसहित समूहको दोस्रो स्थानमा रहँदै अर्को चरणमा पुगेको छ।


