Thursday, July 30, 2026
Homeखेलकुदप्रचण्डद्वारा नेपाली क्रिकेट टोलीलाई बधाई, खेल क्षेत्रको विकासमा थप जोड दिन आग्रह

प्रचण्डद्वारा नेपाली क्रिकेट टोलीलाई बधाई, खेल क्षेत्रको विकासमा थप जोड दिन आग्रह

काठमाडौं — माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ओमानमा जारी टी–२० विश्वकप एसिया–इएपी छनोटमा उत्कृष्ट प्रदर्शन गर्दै लगातार दोस्रो पटक टी–२० विश्वकपमा स्थान सुरक्षित गरेको नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई बधाई दिएका छन्।

दाहालले जारी गरेको सन्देशमा भन्नुभएको छ, “देशमा राजनीतिक जटिलता र असहज वातावरण रहेको समयमा धैर्य, संयमता र अनुशासनका साथ प्रस्तुत गरिएको असाधारण प्रदर्शन साँच्चै प्रशंसनीय उपलब्धि हो।”

उनले नेपाली राष्ट्रिय टोली, प्रशिक्षक मण्डल, नेपाल क्रिकेट संघ (क्यान) तथा सम्पूर्ण खेल परिवारलाई बधाई दिँदै आगामी विश्वकपका लागि सफलता कामना गर्नुभएको छ।

साथै, दाहालले आफ्नो नेतृत्वकालमा खेलकुद क्षेत्रको विकासका लागि गरिएको पहललाई स्मरण गर्दै त्यसलाई अझ सशक्त र प्रभावकारी रूपमा अगाडि बढाउन सरकार र सरोकारवाला निकायहरूलाई आग्रह गर्नुभएको छ।

उनले क्रिकेटको समग्र विकास, स्टेडियम निर्माण र खेलाडीहरूलाई प्रोत्साहनका कार्यक्रमहरूलाई उच्च प्राथमिकतामा राख्नुपर्नेमा पनि जोड दिनुभएको छ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका