Tuesday, August 11, 2026
Homeअपराध र घटनापोखरा विमानस्थल भ्रष्टाचार मुद्दामा पूर्वअर्थमन्त्री कार्कीलाई १५ लाख धरौटी

पोखरा विमानस्थल भ्रष्टाचार मुद्दामा पूर्वअर्थमन्त्री कार्कीलाई १५ लाख धरौटी

काठमाडौं । विशेष अदालतले पूर्वअर्थमन्त्री एवं नेपाली कांग्रेसका नेता ज्ञानेन्द्रबहादुर कार्कीलाई १५ लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको छ।

न्यायाधीशहरू नारायणप्रसाद पौडेल, डिल्लीरत्न श्रेष्ठ र उमेश कोइरालाको इजलासले सोमबार कार्कीलाई १५ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको हो।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका क्रममा भ्रष्टाचार भएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कार्कीविरुद्ध ३ अर्ब ६२ करोड ५ लाख २२ हजार १६० रुपैयाँ बिगो दाबी गर्दै मुद्दा दायर गरेको थियो।

उक्त मुद्दामा थुनछेक आदेशका लागि कार्की सोमबार विशेष अदालतमा उपस्थित भएका थिए। सुनुवाइपछि अदालतले उनलाई धरौटीमा रिहा गर्ने आदेश दिएको हो।

सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका