काठमाडौं: जारी पेरिस ओलम्पिकमा अहिलेसम्म ५० देशले पदक जित्दा चीन शीर्ष स्थानमा उक्लिएको छ भने अमेरिका दोस्रो स्थानमा छ। बुधबारसम्म सम्पन्न खेलपछि २९ देशले स्वर्ण पदक जितेका छन् भने कुल ५० देशले पदक जितेका छन्।
जसमा चीन ११ स्वर्ण, ७ रजत र ६ काश्य पदक जितेर शीर्ष स्थानमा उक्लेको छ भने अमेरिका ९ स्वर्ण, १५ रजत र १३ काश्य पदकसहित दोस्रो स्थानमा रहेको छ। त्यस्तै फ्रान्स ८ स्वर्ण, ११ रजत र ८ काश्य पदकसहित तेस्रो स्थानमा रहेको छ भने अस्ट्रेलिया ८ स्वर्णसहित ६ रजत र ४ काश्य पदक जितेर चौथो स्थानमा रहेको छ।
त्यसैगरी जापान ८ स्वर्ण, ३ रजत र ५ काश्य पदकसहित पाँचौं स्थानमा रहेको छ।
त्यस्तै त्यस्तै ग्रेट ब्रिटेनले ६ स्वर्ण, ७ रजत र ७ काश्य पदक जितेको छ भने दक्षिण कोरियाले पनि ६ स्वर्णसहित ३ रजत र ३ काश्य पदक जितेको छ। त्यसैगरी इटालीले ५ स्वर्ण, ७ रजत र ४ काश्य पदक जितेको छ भने क्यानडाले ३ स्वर्ण, २ रजत र ३ काश्य पदक जितेको छ।
त्यस्तै हङकङ, जर्मनी, नेदरल्याण्डस, न्यूजील्याण्ड, रोमानिया र अजरबैजानले २-२ स्वर्ण पदक जितेका छन्।
त्यसैगरी हंगेरी, जर्जिया, दक्षिण अफ्रिका, स्विडेन, बेल्जियम, आयरल्याण्ड, काजकिस्तान, क्रोसिया, ग्वाटेमाला, उज्बेकिस्तान, अर्जेन्टिना, इक्वेडर, स्लोभेनिया र सर्बियाले एक एक स्वर्ण पदक जितेका छन्।
त्यसैगरी अहिलेसम्म ओलम्पिक पदक जित्ने देशमा ब्राजिल, उत्तर कोरिया, स्पेन, पोल्याण्ड, स्वीजरल्याण्ड, ग्रीस, इजरायल, कोसोभो, मेक्सिको, टर्की, युक्रेन, फिजी, मंगोलिया, ट्युनिसिया, भारत, मोलडोभा, अस्ट्रिया, इजिप्ट, पोर्चुगल, स्लोभाकिया र ताजकिस्तान रहेका छन्।


