काठमाडौं: पेरिस ओलम्पिकको टेबल टेनिस खेलमा नेपालका स्यान्टु श्रेष्ठ प्रारम्भिक चरणमै पराजित भएका छन्।
श्रेष्ठ पहिलो चरणको खेलमा सेनेगलका इब्राहिम डिएवसँग ४–० ले पराजित भएका हुन्। सेनेगलका डिएवले १२–१०, ११–३, ११–४, ११–५ को सेटमा जित हासिल गरेका हुन्।
आजै नेपाली ब्याडमिन्टनका स्टार खेलाडी प्रिन्सले पेरिस ओलम्पिक २०२४ को समूह चरणमा डिफेन्डिङ च्याम्पियन भिक्टर एक्सल्सनविरुद्ध खेल्ने छन्। यो खेल नेपाली समय अनुसार राती १२ः५५ बजेदेखि हुने छ।


