काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ। शनिबार रातिदेखि लागू हुनेगरी पेट्रोल र डिजेल दुवैको मूल्य बढाइएको निगमले जनाएको छ। निगमका अनुसार पेट्रोलको मूल्य प्रतिलिटर २ रुपैयाँले र डिजेलको मूल्य ३ रुपैयाँले वृद्धि गरिएको हो।
नयाँ समायोजनपछि पेट्रोलको मूल्य प्रतिलिटर १६१ रुपैयाँ र डिजेलको मूल्य १४७ रुपैयाँ पुगेको छ। कात्तिक ३० गते बिहान १ बजेदेखि लागू हुने गरी नयाँ मूल्य निर्धारण गरिएको निगमद्वारा जारी सूचनामा उल्लेख छ।
यसैबीच, कर्णाली याक्स स्पोर्ट्स प्रा.लीसँग अनुबन्धित स्कटल्यान्डका बलर मार्क वाट नेपाल आइपुगेका छन्। शनिबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कर्णाली याक्सका निर्देशक गृहेन्द्र घिमिरेसहितका प्रतिनिधिहरूले उनका स्वागत गरेका थिए।
यसअघि शुक्रबार राति अफगानिस्तानका पूर्व कप्तान नाजिबुल्लाह जाद्रन, नेदरल्यान्ड्सका म्याक्स ओ’डावड र भारतका जयकिसन कोल्सावाला नेपाल आइसकेका छन्। भारतका प्रियाङ पन्चाल शुक्रबार बिहानै काठमाडौं आएका थिए। अब अस्ट्रेलियाका ब्याटर विलियम बासिस्टो मात्र कर्णाली याक्सको क्लोज क्याम्पमा सहभागी हुन बाँकी रहेका छन्।
२९ वर्षीय मार्क वाट पहिलोपटक एनपिएल (नेपाल प्रिमियर लिग) खेल्न लागेका हुन्। उनले स्कटल्यान्डका लागि टी–२० आईमा ७७ खेल खेलेका छन्, जसमा ८९ विकेट लिएका छन् र २९४ रन जोडेका छन्। एकदिवसीय क्रिकेटमा उनले ८२ खेलमा ११० विकेट लिएका छन्।
कर्णाली याक्सले यसअघि होटल याक एण्ड यति (हस्पिटालिटी पार्टनर), एसियन पेन्ट्स, नेबिको र प्लम्बर पाइप्ससँग सह–प्रायोजन सम्झौता गरिसकेको छ। पहिलो संस्करण (मंसिर १५–पुस ६, २०८१) मा कर्णाली याक्स दोस्रो क्वालिफायरसम्म पुगेको थियो।
दोस्रो संस्करणमा पनि कर्णालीले प्रशिक्षकका रूपमा ज्ञानेन्द्र मल्ललाई निरन्तरता दिएको छ भने कन्सल्ट्यान्ट प्रशिक्षकमा राजु बस्नेत छन्। टोलीले मार्की सोमपाल कामीसहित गुल्सन झा, नन्दन यादव, विपिनप्रसाद शर्मा, दीपेन्द्र रावत, अर्जुन घर्तीमगर र युनिससिंह ठकुरीलाई रिटेन गरेको छ। अक्सनमार्फत पवन सर्राफ, युवराज खत्री, इमरान शेख र दीपक डुम्रेलाई अनुबन्ध गरिएको छ।


