Thursday, July 16, 2026
Homeअपराध र घटनापूर्वअर्थमन्त्री विष्णु पौडेलसहित सात जनाविरुद्ध सम्पत्ति शुद्धीकरण मुद्दाको पूरक अभियोगपत्र दर्ता हुँदै

पूर्वअर्थमन्त्री विष्णु पौडेलसहित सात जनाविरुद्ध सम्पत्ति शुद्धीकरण मुद्दाको पूरक अभियोगपत्र दर्ता हुँदै

काठमाडौं । पूर्वअर्थमन्त्री तथा नेकपा (एमाले) का नेता विष्णु पौडेल, व्यवसायी दीपक भट्ट, सुवी अग्रवालसहित सात जनाविरुद्ध सम्पत्ति शुद्धीकरणसम्बन्धी पूरक अभियोगपत्र दर्ता गर्ने तयारी भएको छ।

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको अनुसन्धान प्रतिवेदनका आधारमा विशेष सरकारी वकिल कार्यालयले विशेष अदालतमा पूरक अभियोगपत्र दर्ता गर्न लागेको हो।

विशेष सरकारी वकिल कार्यालयका उपन्यायाधिवक्ता भीमसेन काफ्लेका अनुसार अनुसन्धान प्रतिवेदनको अन्तिम रुजु भइरहेको छ। उनले बिहीबार साँझ ५ बजेसम्म विशेष अदालतमा अभियोगपत्र दर्ता गरिने जानकारी दिए।

यसअघि व्यवसायी दीपक भट्टसहितका केही प्रतिवादीविरुद्ध सम्पत्ति शुद्धीकरण मुद्दा दर्ता भइसकेकाले यसपटक पूरक अभियोगपत्र पेस गर्न लागिएको हो।

अनुसन्धानका क्रममा विष्णु पौडेलले स्रोत नखुलेको सम्पत्ति लुकाउन भूमिका खेलेको आरोपमा उनलाई मतियारका रूपमा सजाय माग गर्दै अभियोगपत्र दर्ता गर्न लागिएको जनाइएको छ।

पूरक अभियोगपत्रमा करिब ३३ करोड रुपैयाँ, विभिन्न कित्ताका १५० रोपनीभन्दा बढी जग्गा तथा तीन लाख ७५ हजार कित्ता सेयर कारोबारलाई सम्पत्ति शुद्धीकरणसँग जोडेर विशेष अदालतमा मुद्दा दायर गर्ने तयारी गरिएको छ।

सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका