Saturday, June 6, 2026
Homeखेलकुदपूजा महतोको अर्धशतकमा नेपाललाई जिम्बाबेमाथि पहिलो जित

पूजा महतोको अर्धशतकमा नेपाललाई जिम्बाबेमाथि पहिलो जित

१० माघ, काठमाडौं। पूजा महतोले अविजित अर्धशतक प्रहार गरेपछि नेपालले आईसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोटमा पहिलो जित हासिल गरेको छ।

शनिबार त्रिवि क्रिकेट मैदानमा भएको तेस्रो खेलमा नेपालले जिम्बाबेलाई ६ विकेटले पराजित गरेको हो।

जिम्बाबेले दिएको १३० रनको लक्ष्य नेपालले ३ बल बाँकी रहँदा ४ विकेट गुमाएर पूरा गर्‍यो। पूजा महतोले ५० बलमा ४ चौका र २ छक्कासहित अविजित ५२ रन बनाइन्। कप्तान इन्दु बर्माले २२ रनको योगदान दिइन्।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको जिम्बाबेले २० ओभरमा ६ विकेटको क्षतिमा १२९ रन बनाएको थियो। जिम्बाबेका लागि केलिस धलोभुले अविजित ५२ रन बनाइन् भने बिलभ्ड बिजाले ३४ र मोडेस्टर मुपाचिवाले १४ रन जोडिन्।

नेपालका तर्फबाट रिया शर्माले २ विकेट लिइन्। कविता कुँवर, पूजा महतो, सीता रानामगर र रुबिना क्षेत्रीले समान १–१ विकेट हात पारे।

नेपालले अब अन्तिम खेलमा सोमबार स्कटल्यान्डसँग प्रतिस्पर्धा गर्नेछ। प्रतियोगितामा अघि बढ्न उक्त खेल जित्नैपर्ने दबाब नेपालमाथि रहनेछ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका