Wednesday, August 5, 2026
Homeखेलकुदपीएसजीमा रामोसको पहिलो गोल

पीएसजीमा रामोसको पहिलो गोल

डिफेण्डर सर्जियो रामोसले फ्रेन्च क्लब पेरिस सेन्ड जर्मेन (पीएसजी) मा पहिलो गोल गरेका छन् ।  आइतबार राति घरेलु मैदानमा भएको खेलमा रेइम्सबिरुद्द ४-० को जित निकाल्ने क्रममा रामोसले गोल गरेका हुन् ।

पीएसजीको जितमा  मार्को भेराट्टी, सर्जियो रामोस र डानिलो पेरेइराले १-१ गोल गर्दा रेइम्सले एक आत्माघाती गोल गर्‍याे । स्पेनिस डिफेन्डर यसै सिजन रियल मड्रिड छाडेर पीएसजी आएका हुन् । सुरुआती खेलमा इन्जुरीका कारण बाहिर रहेका उनले नयाँ क्लबमा पहिलो गोल गरेका हुन् ।

जितपछि पीएसजीले २२ खेलबाट ५३ अंक सहित शीर्षस्थानमा ११ अंकको पकड जमाएको छ । रेइम्स भने समान खेलबाट २४ अंक सहित १४ औं स्थानमा छ ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका