Saturday, August 1, 2026
Homeखेलकुदपहिलो राष्ट्रिय महिला फाइभ ए साइड इन्डोर हक्की प्रतियोगितामा नेपाल आर्मी च्याम्पियन

पहिलो राष्ट्रिय महिला फाइभ ए साइड इन्डोर हक्की प्रतियोगितामा नेपाल आर्मी च्याम्पियन

काठमाडौं । नेपालमा पहिलो पटक आयोजना गरिएको राष्ट्रिय महिला फाइभ ए साइड इन्डोर हक्की प्रतियोगितामा नेपाल आर्मीले उपाधि जितेको छ। फाइनल खेलमा नेपाल आर्मीले सुदूरपश्चिम प्रदेशलाई २–० ले पराजित गर्दै च्याम्पियन बनेको हो।

प्रतियोगिताको सेमिफाइनल चरणमा नेपाल आर्मीले कोशी प्रदेशलाई ६–० ले हराएको थियो भने सुदूरपश्चिमले गण्डकी प्रदेशलाई २–१ ले पराजित गर्दै फाइनलमा प्रवेश गरेका थिए।

भक्तपुरको थिमीस्थित मिडभ्याली कलेजमा आयोजित प्रतियोगिताको उद्घाटन राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष ध्रुव आचार्यले गर्नुभएको थियो। विजेता तथा उपविजेता टिमलाई परिषद्का सदस्य सचिव टंकलाल घिसिङले पुरस्कार प्रदान गर्नुभएको थियो।

नेपाल हक्की संघकी महासचिव तथा राष्ट्रिय खेलकुद परिषद्की कार्यकारी सदस्य सुवर्ण श्रेष्ठका अनुसार प्रथम स्थान हासिल गर्ने टिमले नगद ५० हजार र दोस्रो हुने टिमले २५ हजार रुपैयाँ पुरस्कार प्राप्त गरेका छन्।

व्यक्तिगत विधातर्फ सुदूरपश्चिम प्रदेशकी आशीका एस के प्रतियोगिताकी सर्वाधिक आठ गोल गर्दै बेष्ट स्कोरर घोषित भइन्। प्लेयर अफ द टुर्नामेन्ट नेपाल आर्मीकी सरस्वती तामाङ बनिन्। यस्तै, बेष्ट डिफेन्डर सुदूरपश्चिमकी पूर्णिमा नेगी, बेष्ट गोलकिपर नेपाल आर्मीकी कुश्मा राना मगर र उदयमान खेलाडी बागमती प्रदेशकी सपना तामाङ घोषित भए।

विधागत उत्कृष्टता प्रदर्शन गर्ने खेलाडीहरूलाई ट्रफीसहित सम्मान गरिएको थियो।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका