Friday, July 17, 2026
Homeअर्थ र ब्यापारनेप्से सूचक ३४ अंकले घटेर २२ सयमा झर्यो

नेप्से सूचक ३४ अंकले घटेर २२ सयमा झर्यो

सेयर बजार परिसूचक नेप्सेमा सोमबार ३४ अंक माथिको गिरावट आएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार साताको पहिलो कारोबार दिन समेत रहेको सोमबार नेप्से सूचक ३४.२१ अंकले घट्दै २२ सय अंकमा झरेको हो ।

यस दिन ‘क’ वर्गको सेन्सेटिभ इन्डेक्स समेत ५.६९ अंकले घट्दै ४२९.०५ अंकमा झरेको छ । ३४ अंक माथिले घटेको बजारमा आज सबै उपसूचक ऋणात्मक हुँदै बजार नै राताम्मे भएको छ । १३ वटा उपसूचकमध्ये सबैभन्दा बढी आज जीवन बीमा समूहको उपसूचक २.६२ प्रतिशतले घटेको छ भने होटल तथा पर्यटन २.४४ प्रतिशतले, हाइड्रोपावर २.०८ प्रतिशतले, फाइनान्स समूह २.०४ प्रतिशतले र लगानीको समूह २.०१ प्रतिशतले घट्न पुगेको छ ।

यस्तै, विकास बैंक समूह १.९७ प्रतिशतले घटेको आज निर्जीवन बीमा समूह १.७२ प्रतिशतले, माइक्रोफाइनान्स समूह १.८४ प्रतिशतले, म्यानु एण्ड प्रो १.३५ प्रतिशतले, बैंकिङ १.१६ प्रतिशतले, व्यापार १.१३ प्रतिशतले, म्युचुअल फन्ड ०.९२ प्रतिशतले र अन्य समूह ०.२४ प्रतिशतले घट्न पुगेको छ ।

आज सबैभन्दा बढी गुराँस लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताहरुले अधिकतम ६.२० प्रतिशतले कमाएका छन् भने सबैभन्दा बढी मिथिला लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताहरूले ५.८९ प्रतिशतले गुमाएका छन् ।
यस कुल १ अर्ब ३६ करोड ९५ लाख १३ हजार १९२ रुपैयाँ बराबरको ३९ लाख १७ हजार ६५५ कित्ता सेयर कारोबार भएको छ ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका