काठमाडौं । आईसीसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक सिरिजको पहिलो खेलमा नेपाल अमेरिकासँग १०६ रनले पराजित भएको छ।
दुबई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा भएको खेलमा टस जितेपछि ब्याटिङ रोजेको अमेरिकाले ५० ओभरमा ६ विकेटको क्षतिमा २ सय ६२ रनको चुनौतीपूर्ण स्कोर बनायो।
जवाफी ब्याटिङमा उत्रिएको नेपाल ३९ ओभर १ बलमा १ सय ५५ रनमै समेटिँदै पराजित भयो।


