Saturday, June 6, 2026
Homeखेलकुदनेपाललाई १ सय ३५ रनको लक्ष्य, सन्दीपले लिए ४ विकेट

नेपाललाई १ सय ३५ रनको लक्ष्य, सन्दीपले लिए ४ विकेट

पपुवा न्युगिनीले नेपाललाई खेल जित्न १ सय ३५ रनको लक्ष्य दिएको छ ।
ओमानस्थित अल अमेरत रंगशालामा टस जितेर ब्याटिङ थालेको पपुवा न्युगिनीविरुद्ध सन्दीप लामिछानेले ४, विक्रम सोब र कुशल मल्लले दुई–दुई तथा सोमपाल कामीले एक विकेट लिए । सन्दीपले १० ओभर बलिङ गर्दै केवल ३५ रन खर्चिएर ४ विकेट लिएका हुन् ।
पपुवा न्युगिनीबाट कुनै पनि खेलाडीले अर्धशतक पनि बनाउन सकेनन् । उसका लागि लेगा सियाकाले ३०, चाल्र्स अमिनीले २३ र गौडी टिकाले  २२ रन बनाए र चाद सोपरले अविजित १७ रन बनाए ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका