Friday, July 31, 2026
Homeखेलकुदत्रिदेशीय क्रिकेट सिरिजको उपाधि पाकिस्तानलाई

त्रिदेशीय क्रिकेट सिरिजको उपाधि पाकिस्तानलाई

काठमाडौं- एसिया कपको तयारी स्वरूप संयुक्त अरब इमिरेट्स (यूएई)मा सम्पन्न त्रिदेशीय क्रिकेट सिरिजको उपाधि पाकिस्तानले हात पारेको छ। आइतबार सम्पन्न फाइनलमा पाकिस्तानले अफगानिस्तानलाई ७५ रनले पराजित गर्दै च्याम्पियन बनेको हो।

पहिले ब्याटिङ गर्दै पाकिस्तानले २० ओभरमा ८ विकेट गुमाएर १४१ रन बनायो। फखर जमानले २७, मोहम्मद नवाजले २५ र कप्तान सलमान आगाले २४ रन जोडे।

१४२ रनको लक्ष्य पछ्याउने क्रममा अफगानिस्तानको ब्याटिङ लाइनअप धराशायी भयो। टोली १५.५ ओभरमै ६६ रनमा अलआउट भयो। कप्तान राशिद खान र सेदिकुल्लाह अटल बाहेक अरू कसैले दोहोरो अंकमा रन बनाउन सकेनन्।

पाकिस्तानको जितमा अलराउन्डर मोहम्मद नवाज नायक बने। उनले चार ओभरमा एक मेडनसहित १९ रन खर्चेर पाँच विकेट लिए। अब्रार अहमद र सुफियान मुकिमले दुई–दुई विकेट लिए।

अफगानिस्तानका लागि बलिङतर्फ कप्तान राशिद खानले तीन विकेट, फजलहक फारुकी र नुर अहमदले दुई–दुई विकेट हात पारे।

यसअघि समूह चरणमा पाकिस्तान र अफगानिस्तानले समान तीन–तीन जित निकाल्दै फाइनलमा स्थान बनाएका थिए।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका