Wednesday, June 3, 2026
Homeखेलकुदत्रिकोणात्मक सिरिज : पीएनजीसँग खेल्दै नेपाल

त्रिकोणात्मक सिरिज : पीएनजीसँग खेल्दै नेपाल

त्रिकोणात्मक टी–ट्वान्टी सिरिज अन्तर्गत नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज (सोमबार) पपुवा न्युगिनी (पीएनजी)सँग प्रतिस्पर्धा गर्दैछ । नेपाल, मलेसिया र पीएनजी सम्मिलित त्रिकोणात्मक सिरिजको पहिलो खेलमा नेपालले पीएनजीसँग खेल्न लागेको हो ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने खेल मध्यान्ह १२ ः ३० मा सुरु हुनेछ । पीएनजीसँगको एकदिवसीय सिरिज गुमाएको नेपाल टी–ट्वान्टी सिरिजमा भने आफूलाई बलियो सावित गर्ने योजनामा छ । डबल राउण्ड रोबिनको आधारमा हुने सिरिजमा नेपाललाई घरेलु मैदानमा सिरिज जित्ने मौका छ । तर, एकदिवसीय क्रिकेटमा पीएनजीसँग दुई खेलमा पराजित भएको नेपाललाई भने आजको खेलमा डर छ ।

७ वर्षअघि भएको खेलमा नेपाल पीएनजीसँग ८ विकेटले पराजित भएको थियो । पीएनजीले पछिल्लो ६ टी–ट्वान्टी खेलमा जित निकाल्न सकेको छैन । नेपाल भने पछिल्लो ५ खेलमा ४ जित निकाल्दा १ खेलमा मात्र पराजित भएको छ । नेपालले त्रिवि क्रिकेट मैदानमा ८ टी–ट्वान्टी खेल खेल्दा ७ खेलमा जित निकालेको छ । त्यसैले नेपाल आजको खेलमा पनि सहज जित निकाल्ने योजनमा छ ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका