Saturday, August 1, 2026
Homeखेलकुदत्रिकोणात्मक टि–२० सिरिज स्कटल्याण्डको नाम, नेपाललाई ३४ रनले हरायो

त्रिकोणात्मक टि–२० सिरिज स्कटल्याण्डको नाम, नेपाललाई ३४ रनले हरायो

काठमाडौं: त्रिकोणात्मक टि–२० अन्तर्राष्ट्रिय सिरिज स्कटल्याण्डले जितेको छ। सिरिजको अन्तिम तथा निर्णायक खेलमा नेपाललाई ३४ रनले पराजित गर्दै घरेलु टोली स्कटल्याण्ड विजेता बनेको हो।

टस जितेर पहिले ब्याटिङ गरेको स्कटल्याण्डले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १९३ रन बनायो। स्कटल्याण्डका ओपनर जर्ज मुन्सेले शानदार अर्धशतक प्रहार गर्दै ३९ बलमा ५ चौका र ६ छक्का सहित सर्वाधिक ७८ रन बनाए।
ब्रेन्डन म्याकमुलनले ३० बलमा ४ चौका र १ छक्का सहित ४२ रन, माइकल लिस्कले २६ रन र विकेटकिपर म्याथिउ क्रसले १७ रन बनाए।

नेपालका लागि कुशल भुर्तेलले २ विकेट लिँदा, रुपेश सिंह, सन्दीप लामिछाने र ललित राजवंशीले समान १/१ विकेट लिए।

१९४ रनको लक्ष्य पछ्याएको नेपाल १८.५ ओभरमा १५९ रनमै अलआउट भयो। नेपालका तर्फबाट रुपेश सिंहले आक्रामक ब्याटिङ गर्दै २२ बलमा १ चौका र ३ छक्का प्रहार गर्दै सर्वाधिक ४३ रन बनाए।
दीपेन्द्र सिंह ऐरीले ३४ रन, कप्तान रोहित पौडेलले २७ रन बनाए।

स्कटल्याण्डका बलरहरूमध्ये क्रिश ग्रीभ्सले ३ विकेट र सफ्यान शरिफले २ विकेट लिए।

यो जितसँगै स्कटल्याण्डले त्रिकोणात्मक सिरिजको उपाधि उचालेको छ भने नेपालले उपविजेता बन्नु पर्‍यो।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका