Saturday, June 6, 2026
Homeखेलकुदतेस्रो विश्वविद्यालय खेलकुद प्रतियोगिता माघ २२ देखि सुरु हुने

तेस्रो विश्वविद्यालय खेलकुद प्रतियोगिता माघ २२ देखि सुरु हुने

काठमाडौं। राष्ट्रिय खेलकुद परिषद् (राखेप)को आयोजना तथा काठमाडौं विश्वविद्यालय र नेपालय इन्टरनेसनलको सह–आयोजनामा तेस्रो विश्वविद्यालय खेलकुद प्रतियोगिता आयोजना हुने भएको छ। प्रतियोगिता यही माघ २२ गतेदेखि सुरु हुने जनाइएको छ।

प्रतियोगिता आयोजनासम्बन्धी सम्झौता पत्र राखेप कार्यकारी समितिका सदस्य तथा विश्वविद्यालय खेलकुद प्रतियोगिता सञ्चालन तथा व्यवस्थापन समितिका संयोजक कमलबहादुर भट्टराई र काठमाडौं विश्वविद्यालयअन्तर्गत विद्यार्थी कल्याण निर्देशनालयका कामु निर्देशक डा. गोकुल केसीबीच एक कार्यक्रमका अवसरमा आदान–प्रदान गरिएको हो।

प्रतियोगितामा पाँच खेल समावेश गरिएका छन्। टेबलटेनिसतर्फ चार, ब्याडमिन्टनमा चार, बास्केटबलमा दुई, एथलेटिक्समा छ र भलिबलमा एक स्वर्ण पदकका लागि प्रतिस्पर्धा हुनेछ। भलिबलतर्फ भने छात्रको मात्र प्रतियोगिता आयोजना गरिने समितिले जनाएको छ।

खेलकुद प्रतियोगिता तथा योजना विभागका प्रमुख तथा प्रतियोगिता सञ्चालन समितिका सचिव मिनकुमार शर्माका अनुसार प्रतियोगितामा कुल २७९ खेलाडीको सहभागिता रहनेछ। दुईदिने प्रतियोगिताअन्तर्गतका सबै खेलहरू धुलिखेलस्थित काठमाडौं विश्वविद्यालयको परिसरमा आयोजना गरिनेछन्।

आयोजकका अनुसार विश्वविद्यालयस्तरका खेलाडीबीच प्रतिस्पर्धा गराई खेलकुद विकास गर्नुका साथै विद्यार्थीहरूमा खेल भावना अभिवृद्धि गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका