Wednesday, July 29, 2026
Homeखेलकुदटोकियो ओलम्पिक: प्रारम्भिक चरणबाटै बाहिरिन सरस्वती

टोकियो ओलम्पिक: प्रारम्भिक चरणबाटै बाहिरिन सरस्वती

काठमाडौं : जापानको टोकियोमा आयोजना भइरहेको ३२ औँ गृष्मकालीन ओलम्पिकअन्तर्गत एथ्लेटिक्स खेलमा नेपाली खेलाडी सरस्वती चौधरी प्रारम्भिक चरणबाटै बहिरिएकी छिन् ।

महिलाको १०० मिटर दौडमा प्रतिस्पर्धामा प्रारम्भिक चरणबाटै बाहिरिएकी उनले निर्धारित दूरी १२ : ९१ सेकेण्डमा पूरा गरिन् । दोस्रो हिटमा रहेकी सरस्वती आफ्नो हिटमा आठौँ स्थानमा रहिन् । यस हिटमा नौ खेलाडीले सहभागिता जनाएका थिए ।

सरस्वतीले आफ्नो व्यक्तिगत प्रदर्शनमा सुधार गर्न सकिनन् । यस प्रतिस्पर्धामा सरस्वतीको उत्कृष्ट समय १२।५५ सकेन्ड रहेको छ । यस्तै यस प्रतिस्पर्धामा देवीमाया पनेरुको नाममा राष्ट्रिय कीर्तिमान कायम भएकोे छ । सन् १९९९ को साग गेम्समा पनेरुले १२।२० सकेण्डको कीर्तिमान बनाएकी थिइन् ।

सरस्वतीको प्रतिस्पर्धासँगै टोकियो ओलम्पिकमा नेपालको चुनौती समाप्त भएको छ । टोकियोमा नेपालबाट पाँच खेलाडी सहभागी भएकामा कसैले पनि दोस्रो चरण पार गर्न नसके पनि  सहभागीमध्ये तीन खेलाडीले भने राष्ट्रिय कीर्तिमान कायम गरे ।

पौडीवाच गौरिका सिंह, एलेक्जेन्डर शाह ९एलेक्स० र सुटिङकी कल्पना परियार राष्ट्रिय कीर्तिमान बनाउन सफल भएका हुन् । जुडोकी सोनिया भट्ट भने पहिलो चरणबाट बाहिरिन । रासस

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका