पाकिस्तान र अष्ट्रेलियाबीचको सेमिफाइनल खेल युएईको दुबईमा साँझ ७:४५ बजे हुनेछ । बुधबार भएको पहिलो सेमिफाइनलमा इंग्ल्याण्डलाई हराउँदै न्युजिल्यान्ड फाइनलमा प्रवेश गरेको हो ।
अहिलेसम्म पाकिस्तान बलियो देखिएको छ । सुपर–१२ को पाँचवटै खेल जितेर पाकिस्तान सेमिफाइनलमा पुगेको छ ।सबै पाकिस्तानी खेलाडी फर्ममा देखिन्छन्। पाँच खेलमा पाँच खेलाडी प्लेयर अफ द म्याच घोषित भएका छन् ।
अष्ट्रेलिया सुपर १२ खेलमा चार जित र एक हारका साथ सेमिफाइनलमा पुगेको छ । दक्षिण अफ्रिकासँग हार्दा पनि अष्ट्रेलियाको सेमिफाइनल यात्रा रन रेटका आधारमा तय भएको थियो ।अष्ट्रेलियाले पाकिस्तानविरुद्धको विश्वकपमा अहिलेसम्म भएका सबै नकआउट खेलमा जित निकालेको छ । अस्ट्रेलियाले सन् १९८७ को विश्वकपको सेमिफाइनल, १९९९ को विश्वकपको फाइनल, २०१० को टी–२० विश्वकपको सेमिफाइनल र २०१५ को विश्वकपको क्वाटरफाइनलमा पाकिस्तानलाई हराएको थियो।
पाकिस्तानले युएईमा अन्तिम १६ टी–२० अन्तर्राष्ट्रिय खेल जितेको छ । सन् २०१५ को नोभेम्बरमा भएको इङ्ल्यान्डको एक मात्र खेल सुपर ओभरमा पराजित भएको थियो ।आज जित्ने टोलीले टी–२० विश्वकपको उपाधिका लागि २८ अक्टोबरमा न्युजिल्यान्डसँग खेल्नेछ ।


