Saturday, June 6, 2026
Homeखेलकुदटी–२० विश्वकपमा वेस्ट इण्डिजको विजयी सुरुआत, स्कटल्याण्ड ३५ रनले पराजित

टी–२० विश्वकपमा वेस्ट इण्डिजको विजयी सुरुआत, स्कटल्याण्ड ३५ रनले पराजित

काठमाडौं — आईसीसी टी–२० विश्वकप क्रिकेट अन्तर्गत समूह ‘सी’ को खेलमा वेस्ट इण्डिजले स्कटल्याण्डलाई ३५ रनले पराजित गर्दै प्रतियोगितामा विजयी सुरुआत गरेको छ।

कोलकाताको इडेन गार्डेनमा भएको खेलमा वेस्ट इण्डिजले दिएको १८३ रनको लक्ष्य पछ्याएको स्कटल्याण्ड १८.५ ओभरमा अलआउट हुँदै १४७ रनमा समेटियो।

स्कटल्याण्डका कप्तान रिची बेरिङ्टन ले सर्वाधिक ४२ रन बनाए। उनले २४ बलमा ३ चौका र २ छक्का प्रहार गरे। त्यस्तै टम ब्रुस ले २८ बलमा ३५ रन बनाउँदा १ चौका र २ छक्का हाने। ओपनर जर्ज मुन्सी ले १९ रन जोड्दा अर्का ओपनर माइकल जोन्स १ रनमै आउट भए। ब्रान्डन मिकमुलेन ले १४, मार्क वाट ले १५ र म्याथ्यू क्रुस ले ११ रनको योगदान दिए।

बलिङतर्फ वेस्ट इण्डिजका रोमारियो शेफर्ड ले उत्कृष्ट प्रदर्शन गर्दै ५ विकेट लिए। जेसन होल्डर ले ३ विकेट लिँदा शमर जोशेफगुडकेश मोटी ले समान १/१ विकेट लिए।

यसअघि टस जितेर ब्याटिङ गरेको वेस्ट इण्डिजले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १८२ रन बनाएको थियो। वेस्ट इण्डिजका शिम्रोन हेटमायर ले ३६ बलमा २ चौका र ६ छक्का प्रहार गर्दै ६४ रनको आकर्षक इनिङ्स खेले। ओपनर ब्रान्डन किङ ले ३० बलमा ३५ रन जोड्दा शेरफेन रदरफोर्ड ले १३ बलमा २६ रन र रोभम्यान पावेल ले १४ बलमा २४ रन बनाए। कप्तान शाई होप ले १९ रनको योगदान दिए।

स्कटल्याण्डका तर्फबाट ब्राड क्युरी ले २ विकेट लिए भने सफयान शरिफ, ओलिभर डेविडसनमाइकल लिस्क ले समान १/१ विकेट लिए।

समूह ‘सी’ मा इंग्ल्यान्ड, वेस्ट इण्डिज, इटाली, नेपाल र स्कटल्याण्ड रहेका छन्। नेपालले आफ्नो पहिलो खेल आइतबार इंग्ल्यान्डसँग खेल्नेछ। त्यसपछि नेपालले माघ २९ गते इटालीसँग, फागुन ३ गते वेस्ट इण्डिजसँग र फागुन ५ गते स्कटल्याण्डसँग प्रतिस्पर्धा गर्ने तालिका रहेको छ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका