Friday, July 31, 2026
Homeखेलकुदटप एन्ड टी–२०: पहिलो जितको खोजीमा नेपाल आज होबार्टसँग भिड्दै

टप एन्ड टी–२०: पहिलो जितको खोजीमा नेपाल आज होबार्टसँग भिड्दै

काठमाडौं । अस्ट्रेलियाको नर्दन टेरिटोरीमा जारी टप एन्ड टी–२० सिरिजअन्तर्गत आज नेपाल र बिग ब्यास लिगको अनुभवी टोली होबार्ट हरिकेन्स आमनेसामने हुँदैछन्। लगातार तीन खेलमा हार बेहोरेको नेपाली राष्ट्रिय क्रिकेट टोली आज चौथो खेलमार्फत पहिलो जितको खोजीमा छ।

डार्विनको पार्मस्र्टनस्थित काजालिस एरेनामा हुने खेल नेपाली समयअनुसार बिहान ११ः१५ बजे सुरु हुनेछ। नेपाललाई कप्तान रोहित पौडेलले नेतृत्व गर्नेछन् भने होबार्ट हरिकेन्सलाई बिग ब्यासका अनुभवी खेलाडी म्याकालिस्टर राइटले कप्तानी गर्नेछन्।

नेपालले यसअघि खेलेका तीनै खेलमा पराजय भोगेको छ। पहिलो खेलमा एनटी स्ट्राइकसँग ४२ रनले, दोस्रो खेलमा बंगलादेश ‘ए’सँग ३२ रनले र तेस्रो खेलमा मेलबर्न स्टार्ससँग ३१ रनले पराजित भएको हो।

उता, होबार्ट हरिकेन्सको प्रदर्शन पनि मिश्रित रहेको छ। ३ खेलमध्ये १ मा जित र २ मा हार ब्यहोरेको होबार्टले पहिलो खेलमा एसीटीलाई पराजित गरे पनि त्यसपछि मेलबर्न स्टार्स र एनटी स्ट्राइकसँग पराजित भएको हो।

११ टोली सहभागी सिरिजमा सबैले ६–६ खेल खेलेपछि शीर्ष ४ मा पर्ने टोलीले सेमिफाइनल खेलेने छन्। हाल अंकविहीन रहँदै पुछारबाट दोस्रो स्थानमा रहेको नेपाललाई सेमिफाइनलको आशा कायम राख्न आजको खेल जित्नै पर्ने दबाब छ। नेपालले यसपछिका खेलहरू बुधबार मेलबर्न रेनेगेड्स र शुक्रबार पाकिस्तान शाहिन्ससँग खेल्ने तालिका रहेको छ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका