Friday, July 31, 2026
Homeखेलकुदटप टी-२० सिरिजमा आज मेलवर्न स्टार्ससँग भिड्दै नेपाल

टप टी-२० सिरिजमा आज मेलवर्न स्टार्ससँग भिड्दै नेपाल

काठमाडौं। अस्ट्रेलियामा जारी टप टी-२० सिरिजअन्तर्गत नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज सोमबार घरेलु टोली मेलबर्न स्टार्स एकेडेमी विरुद्ध खेल्ने भएको छ।

नेपाली समयअनुसार बिहान ७:१५ बजे डार्विनस्थित टीआईओ स्टेडियममा हुने खेलमा कप्तान रोहित पौडेलको नेतृत्वमा नेपालले अष्ट्रेलियन फ्रेन्चाइज टोलीसँग प्रतिस्पर्धा गर्नेछ।

सिरिजमा नेपाल पहिलो जितको खोजीमा मैदान उत्रने तयारीमा छ। अघिल्ला दुई खेलमा लगातार पराजय व्यहोरेको नेपाल हाल अंकविहिन अवस्थामा १०औँ स्थानमा रहेको छ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका