Sunday, April 19, 2026
Homeअन्तराष्ट्रियजहाज दुर्घटना : रोमानियाका अर्बपतिसहित ८ जनाको मृत्यु

जहाज दुर्घटना : रोमानियाका अर्बपतिसहित ८ जनाको मृत्यु

इटाली : इटालीको उत्तरी शहर मिलानमा एक निजी जहाज दुर्घटना हुँदा आठ जनाको मृत्यु भएको छ । उक्त निजी जहाज मिलानस्थित एउटा खाली घरमा ठोक्किएको बीबीसीले जनाएको छ।

सो विमानको टिनाटे विमानस्थलबाट सार्डिनिया टापुका लागि उडेको थियो । विमानस्थलबाट जहाज उड्नेबित्तिकै तल झरेको हो । घटनामा रोमानियाका अर्बपति डान पेट्रेस्कुसहित उनका पत्नी र छोराको मृत्यु भएको छ। प्रत्यक्षदर्शीका अनुसार जहाज झर्ने क्रममा नै इन्जिनमा आगलागी सुरु भएको थियो । जहाज दुर्घटना हुँदा ठूलो विस्ष्फोट भएको र त्यसले स्थानीयवासी त्रसित भएका थिए । जहाज खस्दा पार्किङ गरेर राखिएका धेरै कारहरु आगलागी भएका छन्।

स्थानीय सरकारले विमान दुर्घटनाबारे छानविन सुरु गरेको अन्तर्राष्ट्रिय संचारमाध्यममहरुले बताएका छन्।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका