Tuesday, May 26, 2026
Homeसूचना प्रविधिचीनले बनायो अपराधी पहिचान गर्न सक्ने मेसिन

चीनले बनायो अपराधी पहिचान गर्न सक्ने मेसिन

चीनले अपराधीलाई अभियोग लगाएर सजाय दिन सक्ने आर्टिफिसियल इन्टेलिजेन्स जडित मेसिनको विकास गरेको छ ।

अनुसन्धानकर्ताले आर्टिफिसियल इन्टेलिजेन्ससहितको मेसिनले कुनै त्रुटिबिना अभियोग लगाई अपराधीलाई दण्डित गर्न सक्ने बताएका छन् । उक्त मेसिनले राष्ट्रविरोधी मानिसको पहिचान गर्न सक्ने र बयान सुनेपछि अपराधीलाई कानुन अनुसार सजाय तोक्न सक्ने दावी गरिएको छ ।

अपराधीलाई सजाय सुनाउन सक्ने एआई मेसिन शाङ्घाइको पुडोङ पिपुल्स प्रोटेक्टरेटले विकास र परीक्षण गरेको हो । यो मेसिनले डेस्कटप कम्प्युटरमा समेत काम गर्न सक्ने समाचारमा उल्लेख छ ।

मौखिक बयान दिएपछि अभियोग लगाउन र सजाय सुनाउन सक्ने एआई मेसिनको सफलता दर ९७ प्रतिशतभन्दा बढी रहेको पनि अनुसन्धानकर्ताको भनाइ छ ।

साउथ चाइना मर्निङ पोष्टका अनुसार सन् २०१५ देखि २०२० सम्मका १७ हजारभन्दा बढी मुद्दाबाट संकलित सूचनाका आधारमा एआई मेसिनलाई तालिम दिइएको थियो । मेसिनले क्रेडिट कार्डको अनधिकृत प्रयोग, चोरी, कुटपिटजस्ता सामान्य अपराधमा मानिसलाई सजाय तोक्न सक्ने समाचारमा उल्लेख छ ।

चीनका अभियोजनकर्ताले २०१६ देखि नै एआईको प्रयोग गर्दै आएका छन् । हाल कतिपय वकिलले प्रयोग गर्दै आएको ‘सिस्टम २०६’ले प्रमाणको सामर्थ्य विश्लेषण गर्न, परिवेशको मूल्याङ्कन गर्न र सन्दिग्धबाट उत्पन्न हुने जोखिम जाँच गर्न सक्छ ।

तर, हाल प्रयोगमा रहेका एआई टुल्सले निर्णय गरी अभियोग लगाउन र सजाय दिन सक्दैनन् । निर्णयका लागि सम्बन्धित सूचनालाई नछुटाइकन जटिल भाषालाई गणितीय ढाँचामा बदल्न सक्ने मेसिन चाहिन्छ र पछिल्लो मेसिनसँग यस्तो क्षमता रहेको समाचारमा उल्लेख छ । एजेन्सीहरुको सहयोगमा 

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका