Monday, August 3, 2026
Homeखेलकुदचार पटकको विजेता घाना बाहिरियो, मोरक्को अर्को चरणमा

चार पटकको विजेता घाना बाहिरियो, मोरक्को अर्को चरणमा

कामोरोससँग ३-२ ले स्तब्ध भएपछि घानाको अफ्रिका कप अफ नेसन्सको यात्रा समूह चरणमा सीमित भएको छ । कामोरोसमाथि जित हात पारेको भए घाना तेस्रो स्थानको टोली मध्ये उत्कृष्ट टोलीको रुपमा नकआउट चरण प्रवेश गर्ने थियो ।

कामोरोसले अफ्रिका कप अफ नेसन्सको समूह ‘सी’ मा पहिलो जित दर्ता गर्दा चार पटकको विजेता घानाको यात्रा समूह चरणमा सीमित भएको हो ।

समूह ‘सी’ मा मोरक्को तीन खेलमा सात अंकसहित समूह विजेता बन्दा समान खेलमा पाँच अंक बटुलेको गाबोन उपविजेताका रुपको रुपमा नकआउट चरणमा प्रवेश गर्यो । कामोसोस तीन अंक जोड्दै तेस्रो स्थानमा बस्दा घाना एक अंकसहित चौथो स्थानमा रह्यो । समूह ‘सी’को अर्कोे खेलमा मोरक्को र गाबोनले २–२ को बराबरी खेले ।

समूह ‘बी’ बाट भने सेनेगल समूह विजेता र गिनी समूह उपविजेताका रुपमा अन्तिम १६ मा प्रवेश गरे । मंगलबार सम्पन्न खेलमा जिम्वाब्वेसँग २१ ले पराजित भए पनि मालावीले सेनेगलसँग अंक बाँडेपछि गिनीले नकआउट चरणमा स्थान बनाएको हो ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका