Facebook
Sign in
  • News
  • Fashion
  • Gadgets
  • Lifestyle
  • Video
Sign in
Welcome!Log into your account
Forgot your password?
Password recovery
Recover your password
Search
Logo
Sunday, August 2, 2026
Facebook
Logo
  • होमपेज
  • सामाचार
  • टृब्युन स्पेसल
  • राजनीति
  • देश र प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • प्रवास
    • अमेरिका
    • क्यानाडा
    • यूरोप
    • मध्य पूर्वी
    • अस्ट्रेलिया
    • जापान
    • कोरिया
  • अर्थ र ब्यापार
  • मनोरन्जन
  • अन्य
    • अन्तरवार्ता
    • खेलकुद
    • विचित्र संसार
    • बालसंसार
    • कला/साहित्य
    • सुन्दर नेपाल
    • सुन्दर नेपाल
    • सूचना प्रविधि
    • स्वास्थ्य र जीवनशैली
  • भिडियो
  • English
Homeखेलकुदचन्दा सङ्कलन गरेर खेलमैदान निर्माण

चन्दा सङ्कलन गरेर खेलमैदान निर्माण

Himalayan Tribune
By Himalayan Tribune
July 2, 2024
0
231
Share
Facebook
Twitter
Pinterest
WhatsApp
    म्याग्दी: म्याग्दीको रघुगङ्गा गाउँपालिका–६ पाखापानीमा चन्दा जुटाएर खेलमैदान निर्माण भएको छ । स्थानीयवासी, प्रवासीहरू र गाउँपालिकाको सहयोग जुटाएर स्टार स्पोर्टस् क्लबले खेलमैदान निर्माण गरेको हो । रु ४३ लाख ७७ हजार एक सय ५७ को लगानीमा निर्माण भएको खेलमैदानका लागि रु ३५ लाखभन्दा बढी प्रवासी र स्थानीयवासीले चन्दा सहयोग गरेका क्लबका अध्यक्ष केशव पाइजाले बताउनुभयो । “खेलमैदानमा भलिबल, बास्केटबल र एथलेटिक्स विधाका खेल सञ्चालन गर्न सकिन्छ”, उहाँले भन्नुभयो, “खेलाडीहरूलाई अभ्यास गर्न र प्रतियोगिता सञ्चालन गर्न सहज भएको छ ।” स्थानीयवासीले उपलब्ध गराएको पाखोबारी सम्याएर ढलानसहितको खेलमैदान निर्माण गरिएको हो ।
    चालीस मिटर लम्बाइ र १८ मिटर चौडाइमा ढलान गरी फाइबर बोर्ड राखिएको खेलमैदानको कुनातर्फ दर्शक बसेर खेल अवलोकन गर्न मिल्ने प्यारापिट बनाइएको छ । स्थानीय रामकुमारी पाइजा, धनबहादुर रोका, जसे पुन, कुल तुलाचन, हेमलाल शेरपुञ्जा र गोरे पुनले निःशुल्क जग्गा उपलब्ध गराउनुभएको थियो । हाल हङ्कङमा कार्यरत पाखापानीका भीम पुनको नेतृत्वमा रु १८ लाख छ हजार एक सय ५३, बेलायतमा रहनुभएका क्लबका संस्थापक सचिव असुन पाइजा र कोषाध्यक्ष रमेश पाइजाको पहलमा रु छ लाख ९१ हजार, अष्टे«लियामा रहेका पूर्वसहकोषाध्यक्ष डेक पाइजाको अगुवाइमा रु दुई लाख १५ हजार र सिङ्गापुरबाट रु एक लाख सहयोग प्राप्त भएको क्लबले जनाएको छ । रघुगङ्गा गाउँपालिकाले चालु आव २०८०/८१ मा रु सात लाख ४७ हजार अनुदान उपलब्ध गराएको योजनाका लागि देशभित्रै र विश्वका अन्य देशमा रहेका पाखापानीवासीहरूले रु आठ लाख १८ हजार पाँच सहयोग गरेका छन् ।
    पाखापानीका एक सय ५२ घरधुरीले न्यूनतम दुई दिनका दरले श्रमदान गरेका छन् । थिरवाङ टोलवासीले गिट्टी र रु १२ हजार नगद सहयोग गरेका थिए । कमनाथबाट रु ११ हजार र पाखापानी गाउँबाट रु नौ हजार सहयोग प्राप्त भएको थियो । स्वर्गीय टेकबहादुर र तीर्थकुमारी पुनको स्मृतिमा उहाँका छोराहरू खिम पुन र भीम पुनले रु तीन लाख छ हजार खर्च गरेर पाखापानीको मूल सडकबाट खेलमैदान जोड्ने सडक निर्माण गर्नुभएको छ । खेलमैदानमा घेराबार, नाली र स्टेजसहितको भवन निर्माण गर्ने लक्ष्य राखिएको अध्यक्ष पाइजाले बताउनुभयो ।
    Share
    Facebook
    Twitter
    Pinterest
    WhatsApp
      सम्बन्धित समाचार
      खेलकुद

      विश्वकप लिग–२ : नेदरल्यान्डसँग ५७ रनले पराजित हुँदै नेपाल जितविहीन

      July 30, 2026
      खेलकुद

      विश्वकप च्याम्पियन स्पेन फेरि फिफा वरीयताको नम्बर एक, अर्जेन्टिना दोस्रोमा झर्‍यो

      July 21, 2026
      खेलकुद

      विश्वकप हारपछि भावुक बने मेस्सी, एएफएले भन्यो– ‘तपाईंका आँसु हाम्रा पनि हुन्’

      July 20, 2026
      - Advertisment -spot_img

      ताजा समाचार

      आजको विदेशी मुद्रा विनिमयदर: अमेरिकी डलर १५२.९२ रुपैयाँमा कारोबार

      August 2, 2026

      गोठाटारको काठ गोदाममा लागेको आगो नियन्त्रणमा, क्षतिको विवरण संकलन हुँदै

      August 2, 2026

      इरानको चेतावनी: थप आक्रमण भए निर्णायक जवाफ दिने, हर्मुज जलडमरूमा तनाव कायम

      August 2, 2026

      जनकपुरमा सरकार र हिन्दु धार्मिक मोर्चाबीच सहमति, १२ माग कार्यान्वयन प्रक्रिया अघि बढ्ने

      August 2, 2026

      सेउतामा आप्रवासी संकटपछि ईयूमा तनाव, आकस्मिक बैठक बस्ने

      August 2, 2026
      Load more

      धेरै कमेन्ट गरिएका

      आजको विदेशी मुद्रा विनिमयदर: अमेरिकी डलर १५२.९२ रुपैयाँमा कारोबार

      August 2, 2026

      प्रधानमन्त्री ओली गृहजिल्ला झापा जाँदै, औद्योगिक पार्क शिलान्यास गर्ने

      February 28, 2021

      सुवास नेम्वाङको टिप्पणी : अविश्वास प्रस्तावको हरिबिजोग भयो

      February 28, 2021

      खेलबिहीन नेपाली क्रिकेट, अन्यौलमा क्यान

      February 28, 2021

      नयाँ सरकार गठनको रस्साकस्सी : ओली रोज्ने कि प्रचण्ड–नेपाल भन्नेमा जसपामा दुई धार

      February 28, 2021

      हिमालयन ट्रिब्युनको लागि

      • सौरपानी मिडिया प्रा.लि. अन्तरगत
      • प्रकाशक: साहित्यसागर श्रोत केन्द्र
      • सम्पादक: गजे घले
      • व्यवस्थापक: आशिष पोखरेल
      • CONTACT
      • Balaju 16 Kathmandu Metropolitan City, Bagmati Province, Nepal
      • Phone No: 9851239436 US Office 4725 Fall Avenue, Richmond CA 94804, USA Phone: 1-5103236802
      Copyright © 2026 Himalayan Tribune | Powered by Himalayan Tribune