Homeअपराध र घटनाघरायसी विवादमा चक्कु प्रहार, थानकोटमा एक युवकको हत्या घरायसी विवादमा चक्कु प्रहार, थानकोटमा एक युवकको हत्या By Himalayan Tribune May 17, 2026 0 7 Share FacebookTwitterPinterestWhatsApp Gemini AI Created image काठमाडौँ । काठमाडौँको चन्द्रागिरी नगरपालिका–३ थानकोट खरिबोटमा घरायसी विवादका क्रममा चक्कु प्रहार हुँदा एक युवकको मृत्यु भएको छ। प्रहरीका अनुसार शनिबार राति महोत्तरी घर भई हाल थानकोट बस्दै आएका ३८ वर्षीय समि अहमदले आफ्नै सालो पर्ने जाकिर मन्सुरीमाथि चक्कु प्रहार गरेका हुन्। राति करिब ९:१५ बजे घरायसी विषयमा विवाद भएपछि अहमदले तरकारी काट्ने चक्कुले २०–२५ वर्षीय जाकिरमाथि आक्रमण गरेको प्रहरीले जनाएको छ। गम्भीर घाइते भएका जाकिरलाई तत्काल सतुङ्गलस्थित अस्पताल लगिएको थियो। तर उपचारकै क्रममा चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए। मृतक जाकिरको स्थायी घर गौशाला नगरपालिका–५ रहेको प्रहरीले जनाएको छ। घटनापछि खटिएको प्रहरी टोलीले आरोपी समि अहमदलाई नियन्त्रणमा लिएको छ। घटनामा प्रयोग गरिएको चक्कु पनि प्रहरीले बरामद गरेको जनाएको छ। प्रहरी वृत्त थानकोट का अनुसार मृतकको शव पोस्टमार्टमका लागि महाराजगञ्जस्थित शिक्षण अस्पताल पठाइएको छ। Share FacebookTwitterPinterestWhatsApp सम्बन्धित समाचार अपराध र घटना प्रधानमन्त्री कार्यालयको नाम दुरुपयोग गरेर कर्मचारीलाई धम्क्याउने युवक काठमाडौंबाट पक्राउ May 16, 2026 अपराध र घटना कीर्तिपुर हत्या प्रकरणका आरोपी पक्राउ गर्न खोज्दा चोभारमा गोली चल्यो May 14, 2026 अपराध र घटना जन्मकैदको सजाय पाएका फरार अभियुक्त पक्राउ May 7, 2026 LEAVE A REPLY Cancel reply Comment: Please enter your comment! Name:* Please enter your name here Email:* You have entered an incorrect email address! Please enter your email address here Website: Save my name, email, and website in this browser for the next time I comment. - Advertisment - ताजा समाचार मदन–आश्रितको योगदान कम्युनिष्ट आन्दोलनका लागि ऐतिहासिक : माधव नेपाल May 17, 2026 मदन–आश्रितको योगदान आज पनि राजनीतिक यात्राको दीपस्तम्भ : केपी शर्मा ओली May 17, 2026 मदन–आश्रित स्मृति दिवसमा एमालेद्वारा देशभर विभिन्न कार्यक्रम May 17, 2026 काठमाडौं उपत्यकामा २४ घण्टामा दुई हजारभन्दा बढी चालक कारबाहीमा May 17, 2026 विकास आयोजना रोक्ने अदालती ढिलाइ अन्त्य गर्न ‘पूर्वाधार न्यायाधिकरण’ गठनको प्रस्ताव May 17, 2026 Load more धेरै कमेन्ट गरिएका मदन–आश्रितको योगदान कम्युनिष्ट आन्दोलनका लागि ऐतिहासिक : माधव नेपाल May 17, 2026 प्रधानमन्त्री ओली गृहजिल्ला झापा जाँदै, औद्योगिक पार्क शिलान्यास गर्ने February 28, 2021 सुवास नेम्वाङको टिप्पणी : अविश्वास प्रस्तावको हरिबिजोग भयो February 28, 2021 खेलबिहीन नेपाली क्रिकेट, अन्यौलमा क्यान February 28, 2021 नयाँ सरकार गठनको रस्साकस्सी : ओली रोज्ने कि प्रचण्ड–नेपाल भन्नेमा जसपामा दुई धार February 28, 2021