Wednesday, August 5, 2026
Homeखेलकुद‘क्यानलाई कप्तान परिवर्तन गर्ने अधिकार छ’

‘क्यानलाई कप्तान परिवर्तन गर्ने अधिकार छ’

काठमाडौं : नेपाली राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षक पुबुदु दसानायकेले कप्तान परिवर्तन गर्ने अधिकार नेपाल क्रिकेट संघ (क्यान) सँग निहीत रहेको बताएका छन्। मुख्य प्रशिक्षकको कार्यभार सम्हाल्न नेपाल आएका पुबुदुले कप्तान परिवर्तन संघको आन्तरिक अधिकार भएको बताए।

‘कप्तान परिवर्तन गर्न पाउने अधिकार हरेक संघलाई हुन्छ’, मुख्य प्रशिक्षक पुबुदुले भने, ‘क्यानले पनि त्यही अधिकार प्रयोग गरेको छ। अब त्यही निर्णय लागु हुनेछ। अब कप्तान परिवर्तन हुँदैन।’ क्यानको बोर्ड बैठकले गत महिना ज्ञानेन्द्र मल्ललाई हटाएर सन्दीप लामिछानेलाई कप्तान नियुक्त गरेको थियो।

क्यानले कप्तान मल्लसँगै उपकप्तान दीपेन्द्रसिंह ऐरीलाई समेत जिम्मेवारीबाट हटाउने निर्णय गरेको थियो। यसैगरी ज्ञानेन्द्र र दीपेन्द्रसँगै सोमपाल कामी र कमलसिंह ऐरीलाई ६ महिना सेन्ट्रल कन्ट्रयाक्टमा समावेश नगराउने निर्णय गरेको थियो। सेन्ट्रल कन्ट्रयाक्टका विषयमा आफूखुसी सञ्चारमाध्यममा अभिव्यक्ति दिएको भन्दै क्यानले चार खेलाडीलाई कारवाही गरेको हो।

गत भदौमा डेभ ह्वाटमोरले राजीनामा दिएपछि मुख्य प्रशिक्षक नियुक्त भएका पुबुदु मंगलबार नेपाल आइपुगेका हुन्। क्यानको मंसिर २५ गतेको बोर्ड बैठकले पुबुदुलाई मुख्य प्रशिक्षक नियुक्त गरेको थियो। पुबुदुको प्रशिक्षणमा नेपालले सन् २०११ देखि २०१५ सम्म विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेको थियो।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका