Sunday, April 26, 2026
Homeप्रवासकोरियामा सफ्टवेयर इञ्जिनियरिङ पढ्ने नेपाली विद्यार्थीलाई आइएमई फाउन्डेसनले छात्रवृत्ति दिँदै

कोरियामा सफ्टवेयर इञ्जिनियरिङ पढ्ने नेपाली विद्यार्थीलाई आइएमई फाउन्डेसनले छात्रवृत्ति दिँदै

कोरियामा सफ्टवेयर इञ्जिनियरिङ अध्ययन गर्ने नेपाली विद्यार्थीलाई आइएमई फाउन्डेसनले छात्रवृत्ति दिने भएको छ । जीएमआई कोरियाको सहकार्यमा फाउन्डेसनले कोरियास्थित जुनसुकै विश्वविद्यालयमा सफ्टवेयर ईन्जिनियरिङ्ग विषयमा स्नातकोत्तर अध्ययन गर्ने दुई विद्यार्थीलाई प्रतिव्यक्ति वार्षिक १० हजार अमेरिकी डलरका दरले छात्रवृत्ति दिने घोषणा गरेको हो ।

छात्रवृत्तिका लागि इच्छुक विद्यार्थीलाई आवेदन दिन आइएमई फाउन्डेसनले आग्रह गरेको छ । छात्रवृत्तिका लागि आवेदन दिने म्याद माघ २८ गतेसम्म तोकिएको छ । इच्छुक विद्यार्थीले आफ्नो व्यक्तिगत विवरण (बायोडाटा) सहित सम्बन्धित ठेगाना वा इमेलमार्फत आवेदन दिन सक्नेछन् ।

सफ्टवेयर ईन्जिनियरिङ्ग विषयमा कम्तिमा स्नातक उत्तीर्ण इच्छुक जो कोहीले छात्रवृत्तिका लागि आवेदन दिन सक्ने फाउन्डेसनले जानकारी दिएको छ । कोरियामा अध्ययनरत रहँदा विद्यार्थीलाई जीएमई कोरियामा सशुल्क इन्टर्नसीप अवसर प्राप्त हुनेछ भने अध्ययन समाप्तिपछि कम्तीमा दुई वर्ष जीएमई कोरियामा पूर्णकालीन आवद्व हुनुपर्ने शर्त छ । छात्र/ छात्राहरूलाई प्राध्यापकहरूसँग ल्याबमा काम गर्ने अवसरसमेत प्राप्त हुने जनाइएको छ ।

रितपूर्वक आवेदन दिएका आवेदकमध्ये छनोटमा परेकालाई फाउन्डेसनले अन्तर्वार्तामा बोलाउनेछ । छनोटमा परेका छात्र÷छात्राहरूले सम्बन्धित निकायबाट इजाजत आफैँले लिनुपर्नेछ । पढाइमा अब्बल, नेतृत्व क्षमता एवम् अतिरिक्त क्रियाकलापमा विशेष रूचि राख्ने आवेदकलाई उच्च प्राथमिकता दिइने पनि फाउडेशनले दाबी गरेको छ ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका