Friday, July 31, 2026
Homeखेलकुदकाजाकिस्तान खुला तेक्वान्दोमा निर्णायकका रूपमा नेपालका खड्गी र विडारीको सहभागिता

काजाकिस्तान खुला तेक्वान्दोमा निर्णायकका रूपमा नेपालका खड्गी र विडारीको सहभागिता

काठमाडौं । काजाकिस्तानको अस्तानामा आगामी अगष्ट १३ देखि १६ तारिखसम्म हुने काजाकिस्तान खुला तेक्वान्दो प्रतियोगिता (जि–१) मा नेपालका दुई अन्तर्राष्ट्रिय निर्णायक विक्रम खड्गी र विकेश विडारी सहभागी हुने भएका छन्।

एसियाली तेक्वान्दो युनियन (एटीयू) बाट छनोट भएका खड्गी र विडारी क्रमशः काठमाडौं जिल्ला तेक्वान्दो संघका अध्यक्ष र उपाध्यक्ष हुन्। खड्गी तार्केश्वर नगर खेलकुद विकास समितिका अध्यक्ष पनि रहेका छन्।

दुवै निर्णायकलाई राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष ध्रुव आचार्य र सदस्य–सचिव टंकलाल घिसिङले सोमबार आयोजित कार्यक्रममा बिदाइ गरेका छन्।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका