Thursday, June 18, 2026
Homeअपराध र घटनाओमान पठाइने भन्दै कुवेत लैजान खोजिएका २७ महिला विमानस्थलबाट फिर्ता

ओमान पठाइने भन्दै कुवेत लैजान खोजिएका २७ महिला विमानस्थलबाट फिर्ता

काठमाडौं। मानव बेचबिखनको आशंकामा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट २७ जना महिलालाई प्रहरीले रोकेर थप अनुसन्धानका लागि नियन्त्रणमा लिएको छ।

विमानस्थल सुरक्षा प्रहरी कार्यालयले बुधबार वैदेशिक रोजगारीको नाममा महिलाहरूलाई विदेश लैजान लागिएको गोप्य सूचना प्राप्त भएपछि उनीहरूको यात्रा रोकेको हो।

नियन्त्रणमा लिइएका महिलाहरूलाई थप अनुसन्धानका लागि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको जिम्मा लगाइएको छ। कार्यालयका प्रमुख एसएसपी सन्तोष खड्काका अनुसार उनीहरूमाथि अहिले सोधपुछ र विस्तृत अनुसन्धान भइरहेको छ।

उनले नियन्त्रणमा लिइएका महिलाहरू सम्भावित पीडित रहेको बताउँदै उनीहरूलाई कसले, कुन उद्देश्यले र कस्तो प्रलोभनमा पारेर विदेश लैजान खोजिएको हो भन्ने विषयमा अनुसन्धान केन्द्रित गरिएको जानकारी दिए।

प्रहरीको प्रारम्भिक अनुसन्धानबाट ती महिलाहरूलाई ओमानमा रोजगारीको प्रलोभन देखाइए पनि ‘भिजिट भिसा’ मार्फत कुवेत लैजान लागिएको खुलेको छ। घटनामा संलग्न गिरोहको पहिचान तथा पक्राउका लागि अनुसन्धान तीव्र पारिएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार पछिल्लो समय भिजिट भिसाको दुरुपयोग गरी महिलाहरूलाई जोखिमपूर्ण गन्तव्यमा पठाउने प्रवृत्ति बढ्दै गएको छ। यही कारण विमानस्थलमा सुरक्षा निगरानी र यात्रु जाँचलाई थप कडा बनाइएको छ।

सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका