Tuesday, June 2, 2026
Homeअर्थ र ब्यापारएशियन लाइफ इन्स्योरेन्सबाट मृत्यु दावी भुक्तानी

एशियन लाइफ इन्स्योरेन्सबाट मृत्यु दावी भुक्तानी

दैलेख : एशियन लाइफ इन्स्योरेन्स कम्पनीले मृत्यु दावीको ३२ लाख ८३ हजार रुपैयाँ भुक्तानी गरेको छ । कोरोना संक्रमणका कारण ज्यान गुमाएका दैलेखको भैरबी गाउँपालिका–४ का केशवबहादुर शाहीको परिवारलाई उक्त रकम हस्तान्तरण गरेको हो ।

मृतक शाही शिक्षक समेत हुन् । उनी भैरबी गाउँपालिका–४ स्थित गौरी मावी बालेकाँडामा कार्यरत थिए । उनी कार्यरत विद्यालयमा आयोजित एक कार्यक्रममा बीच मृत्यु दाबी रकम हस्तान्तरण गरिएको हो ।

उक्त मृत्यु दाबी रकम एशियन लाइफ इन्स्योरेन्स कम्पनीका कर्णाली प्रदेश प्रमुख विजय पराजुली, भैरबी गाउँपालिकाका अध्यक्ष प्रेमबहादुर बुढा, उपाध्यक्ष पदमकुमारी विष्ट, प्रमुख प्रशासकीय अधिकृत भलाराम पंगालीको उपस्थितीमा हस्तान्तरण गरिएको हो।

मृतक शाहीको श्रीमती झलककुमारी शाहीलाई मृत्यु दाबी बापतको चेक प्रदान गरिएको एशियन लाइफ इन्स्योरेन्स कम्पनी दैलेख शाखाका प्रबन्धक डम्मर ढकालले जानकारी दिए ।

शाहीले शाहीले म्यादी जीवन बीमा, बाल भविष्य, म्यादी, वार्षिक धनलाभ, नवरत्नसहित नौवटा जीवन बीमा गरेको प्रबन्धक ढकालले बताए । एशियन लाइफ इन्स्योरेन्स कम्पनीको सिनियर एजेन्सी म्यानेजर समेत रहेका शाहीको गत वैशाख २२ गते निधन भएको थियो ।

उनको कोरोना भाइरस (कोभिड–१९) संक्रमण भइ उपचारको क्रममा निधन भएको थियो । मृतक शाहीको श्रीमती, एक छोरा र एक छोरी छन् ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका