काठमाडौं । त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज अपराह्न ४ः०० बजे लुम्बिनी लायन्स र जनकपुर बोल्ट्स आमनेसामने हुनेछन्।
छ खेलबाट छ अंक जोडेको लुम्बिनी लायन्सका लागि आजको खेल प्लेअफ प्रवेशका दृष्टिले अत्यन्त महत्वपूर्ण रहेको छ। लुम्बिनीले जित हात पारेमा पोखरा एभेन्जर्स, चितवन राइनोज र जनकपुर बोल्ट्स प्लेअफ दौडबाट बाहिरिनेछन्।
जनकपुर बोल्ट्सले भने हालसम्म पाँच खेलमा दुई अंक मात्र हासिल गरेको छ र प्लेअफको सम्भावना जीवित राख्न टोलीका लागि आजको खेल जित्नैपर्ने छ।


