Saturday, June 6, 2026
Homeखेलकुदएनपिएलमा आज लुम्बिनी बनाम सुदूरपश्चिम र जनकपुर बनाम पोखरा भिडन्त

एनपिएलमा आज लुम्बिनी बनाम सुदूरपश्चिम र जनकपुर बनाम पोखरा भिडन्त

काठमाडौं। राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज दुई रोमाञ्चक खेलहरू हुँदैछन्। लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच पहिलो खेल तथा जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच दोस्रो खेल हुनेछन्।

त्रिभुवन विश्वविद्यालयको अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा पहिलो खेल बिहान ११:४५ बजे र दोस्रो खेल अपराह्न ४:०० बजे सुरु हुनेछ।

रोहितकुमार पौडेलको कप्तानीमा लुम्बिनीले सुदूरपश्चिमलाई पराजित गर्ने लक्ष्य राखेको छ। तीन खेलमा एक जित मात्र दर्ता गरेको लुम्बिनी अंक तालिकाको छैटाैँ स्थानमा छ।

दीपेन्द्रसिंह ऐरीको नेतृत्वमा सुदूरपश्चिम रोयल्स लगातार तीन जितसहित शीर्ष स्थानमा रहेको छ र आज चौथो जितको खोजीमा हुनेछ। टोलीले हालसम्म ६ अंक बटुलेको छ।

साविक विजेता जनकपुर बोल्ट्स (अनिल शाह) र पोखरा एभेन्जर्स (कुशल भुर्तेल) दुवै टोली आज पहिलो जितका लागि मैदान उत्रनेछन्। यसअघि जनकपुर र पोखरा दुवै खेलमा पराजित भएका थिए।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका