Thursday, June 4, 2026
Homeखेलकुदएक वर्षमै तयार भयो पिप्ले क्याम्पा रगंशाला

एक वर्षमै तयार भयो पिप्ले क्याम्पा रगंशाला

निर्माण प्रारम्भ गरेको एक वर्षमा नै हेटौँडामा मिनी रंगशाला तयार भएको छ । हेटौँडाका पूर्व बक्सिङ खेलाडी सुशील घिमिरेको पहलमा स्थानीय पिप्ले युवा क्लबको सहयोगमा निर्माण कार्य प्रारम्भ गरेको एक वर्षमा नै हेटौँडाको क्याम्पाडाँडामा ‘पिप्ले क्याम्पा रंगशाला’ तयार पारिएको हो ।

२०७८ वैशाखदेखि हेटौँडा–५, क्याम्पाडाँडामा निर्माण प्रारम्भ भएको पिप्ले क्याप्पा रगंशालाको शुक्रबार एक समारोहका बीच समुद्घाटन गरिएको छ । हेटौँडामा २०७६ वर्ष फागुन अन्तिममा भएको स्थानीय तह शहीद स्मृति गोल्डकप फुटबल प्रतियोगिता जारी रहेका बखतसुशीलले रगंशाला निर्माणको सपना बुने । हेटौँडा–५ का वडा अध्यक्ष एवम् क्लाबका पूर्व अध्यक्ष राजेश बानियाँको समर्थनले उनको सपना साकार भएको छ ।

वडा अध्यक्ष बानियाँको साथपछि घिमिरेले हेटौँडाका मेयर हरिबहादुर महतसमक्ष उक्त रंगशाला प्रस्ताव गरे । उनको सो प्रस्तावलाई मेयर महतले पनि स्वीकार गरेर सहयोग गर्न बचन दिए । सुरुमा सामान्य भएपनि रंगशाला निर्माणको योजना बनाएका उनले पछि भने त्यसलाई विस्तार गरे ।रंगशाला बनाउन सरकारी तवरबाट हेटौँडा उपमहानगरपालिका र ५ नम्बर वडा कार्यालयले मात्रै सहयोग गरेका छन् । रगंशाला निर्माणको योजना बनाएका घिमिरे सुरुमा काम कसरी गर्ने भन्ने विषयमा नै अलमलमा परे । तत्कालीन अवस्थामा ४०० मिटरको रनिङ्ग ट्रयाक निर्माणको योजना बनाइयो ।

उनले त्यसका लागि जनस्तरबाट रकम संकलन सुरु गरे । घिमिरेले सङ्कलित रकमबाट काम सुरु गरे । त्यसमा इट्टा थप्ने काम तत्कालीन मकवानपुरका प्रमुख जिल्ला अधिकारी गोविन्द प्रसाद रिजालले गरे । उनले उक्त रनिङ्ग ट्रयाक निर्माणको लागि नजिकै रहेको कर्रा खोलाबाट नदीजन्य निर्माण सामग्री निकासीको सहजिकरण गरिदिए । त्यसले पिप्ले क्याम्पा रगंशालाको सपनालाई साकार पार्ने काम गरेको उनी बताउँछन् ।

रनिङ्ग ट्रयाक बनाउँदै गर्दा रगंशालाका लागि वडा कार्यालयबाट करिब १२ लाख बजेट विनियोजन भयो । तर, त्यो रगंशालाका लागि पर्याप्त थिएन । जनस्तरबाट श्रमदान तथा आर्थिक सहयोग जुटाउँदै उनी अघि बढे । सबैको सहयोग पनि प्राप्त हुँदै गयो । सोही क्रममा हेटौँडा उपमहानगरपालिकाबाट पनि आर्थिक सहयोग प्राप्त भयो । जुन रगंशाला निर्माणका लागि कोशेढुंगा साबित भयो ।

घिमिरेको दैनिकी विगत एक वर्षदेखि रंगशालामा नै बित्ने गर्दैछ । उनी हरेक दिन कामदारसँगै बेल्चा चलाउने, ढलानका लागि मसला घोल्नेलगायतका काममा व्यस्त हुन्छन् ।

घिमिरेसँग खेलकुद संरचना निर्माणको थोरै अनुभव पनि थियो । जसले उनलाई रगंशालाको सपना साकार पार्न सहयोग गर्‍यो । रंगशाला निर्माण गर्नुअघि हेटौँडा–५, पिप्लेमा उनले बक्सिङ रिङसहितको बहुद्देश्यीय खेलकुद कर्भड हल बनाएका थिए ।

१ करोड २५ लाख लागत मूल्याङ्कन गरिएको उक्त कभर्ड हल हेटौँडा उपमहानगरपालिकाको २५ लाख लागतमा निर्माण सम्पन्न गरिएको घिमिरे बताउँछन् । बाहिरी कामदार प्रयोग नगरी पिप्ले युवा क्लबका युवाहरूको श्रमदानबाट उनले सो कभर्ड हल निर्माण गरेका थिए ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका