Saturday, June 6, 2026
Homeखेलकुदउपाधिको लक्ष्यका साथ विश्वकप छनोटको अन्तिम खेलमा आज सामाओसँग भिड्दै नेपाल

उपाधिको लक्ष्यका साथ विश्वकप छनोटको अन्तिम खेलमा आज सामाओसँग भिड्दै नेपाल

काठमाडौं । टी–२० विश्वकप एसिया एन्ड इएपी छनोटको उपाधिका लागि आज नेपाल सामोआसँग प्रतिस्पर्धा गर्दैछ ।

ओमानमा जारी प्रतियोगिताको फाइनल आज अपराह्न सवा ४ बजे नेपाल र सामोआबीच खेलिनेछ । यो खेलसँगै दुवै टिमले प्रतियोगिताको आफ्नो अन्तिम खेल खेल्नेछन् । नेपाल अहिलेसम्म अपराजित रहँदै उत्कृष्ट प्रदर्शन गर्दै फाइनलमा पुगेको हो ।

समूह चरणमा नेपालले जापान र कतारलाई पराजित गर्दै शीर्ष ६ मा स्थान बनाएको थियो । सुपर सिक्स चरणसम्म आइपुग्दा नेपाल ८ अंकसहित अंक तालिकाको शीर्ष स्थानमा छ । दोस्रो स्थानमा रहेको युएईको ६ अंक र तेस्रो स्थानमा ओमानको पनि ६ अंक रहेको छ । ओमानले आज बिहान ११ बजे जापानसँग अन्तिम खेल खेल्दैछ ।

यदि नेपालले आज सामोआलाई पराजित गर्न सफल भयो भने नेपाल उपाधि जित्दै च्याम्पियन बन्नेछ । यसअघि नै नेपाल, युएई र ओमानले शीर्ष–३ मा स्थान सुरक्षित गर्दै टी–२० विश्वकपको अन्तिम चरणका लागि आफ्नो स्थान सुनिश्चित गरिसकेका छन् ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका