Saturday, June 6, 2026
Homeखेलकुदइटालीद्वारा अपराजित खेलको कीर्तिमान बराबर

इटालीद्वारा अपराजित खेलको कीर्तिमान बराबर

इटालीले विश्वकप छनोट अन्तरगतको खेलमा स्वीटजरल्याण्डसँग गोलरहित बराबरी खेलेको छ । बराबरीसँगै युरोपियन विजेताले लगातार ३६ खेलको अपराजित यात्राको कीर्तिमानलाई बराबरी गरेको छ ।

विश्वकप छनोट खेलमा लगातार दोस्रोपटक बराबरी खेल्दै इटालीले स्पेनले सन् २००७ देखि २००९ को बीचमा बनाएको ३५ खेलको अपराजित यात्रालाई उछिन्यो भने ब्राजिलले सन् १९९३ देखि १९९६ सम्म बनाएको ३६ खेलको कीर्तिमानलाई बराबरी गर्यो ।

समूह सी अन्तरगतको खेलमा इटाली हाबी भए पनि अवसरहरूलाई गोलमा परिणत गर्न सकेन । दोस्रो हाफमा जर्जिन्होले पेनाल्टी मिस गरे पनि खेल गोलरहित बन्न पुग्यो । अघिल्लो खेलमा इटाली बुल्गेरियासँग १–१ को बराबरी खेल्न बाध्य बनेको थियो ।

समूह सीमा इटाली ११ अंकसहित शीर्ष स्थानमा रहेको छ भने स्वीटजरल्याण्ड ७ अंकसहित दोस्रो स्थानमा छ ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका