Sunday, August 2, 2026
Homeखेलकुदआजदेखि सुरु हुने यू-१९ विश्वकप एसिया छनोटको ट्रफी सार्वजनिक

आजदेखि सुरु हुने यू-१९ विश्वकप एसिया छनोटको ट्रफी सार्वजनिक

काठमाडौं: आइतबारदेखि सुरु हुने आइसिसी यू–१९ पुरुष क्रिकेट विश्वकप एसिया छनोटको ट्रफी सार्वजनिक गरिएको छ। खेलको पूर्वसन्ध्यामा नेपाल क्रिकेट संघ (क्यान) द्वारा आयोजित पत्रकार सम्मेलनमा ट्रफी सार्वजनिक गरिएको हो।

ट्रफी सार्वजनिक कार्यक्रममा नेपाल यू–१९ क्रिकेट टोलीका कप्तान नरेन भट्टसहित युएई, ओमान, अफगानिस्तान र हङकङका कप्तानहरूले संयुक्त रूपमा ट्रफी अनावरण गर्नुभयो।

कार्यक्रममा बोल्दै कप्तान भट्टले नेपालको टोली सन्तुलित रहेको र घरेलु मैदानको फाइदा उठाउँदै उत्कृष्ट प्रदर्शन गर्ने विश्वास व्यक्त गर्नुभयो। अन्य सहभागी टिमका कप्तानहरूले पनि आफ्नो टोलीको तयारी उत्कृष्ट रहेको र मैदानमा राम्रो खेल देखाउने प्रतिबद्धता जनाउनुभयो।

प्रतियोगिता वैशाख ६ गतेसम्म चल्नेछ। खेलहरू काठमाडौँस्थित माथिल्लो र तल्लो मूलपानी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुनेछ।

नेपालले आफ्नो पहिलो खेल आइतबार युएईविरुद्ध खेल्नेछ। नेपाली टोलीमा कप्तान नरेन भट्टको नेतृत्वमा अभिषेक तिवारी, निरज के यादव, साहिल पटेल, सिब्रिन श्रेष्ठ, रोशन विश्वकर्मा, दर्श सोनार, दिलसाद अली, सन्तोष यादव, अशोक धामी, दयानन्द मण्डल, अपराजित पौडेल, युवराज खत्री र बिपिनप्रसाद शर्मा रहेका छन्।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका