Sunday, June 28, 2026
Homeखेलकुदआईपीएलमा लखनउविरुद्ध पञ्जाबको सानदार जित

आईपीएलमा लखनउविरुद्ध पञ्जाबको सानदार जित

काठमाडौं: इन्डियन प्रिमियर लिग (आईपीएल) मा पञ्जाब किंग्सले अपराजित यात्रा कायम राख्दै लगातार दोस्रो जित निकालेको छ। मंगलबार राति भएको खेलमा लखनउ सुपर जायन्ट्सलाई आठ विकेटले पराजित गर्दै पञ्जाबले शीर्ष स्थानमा पकड जमाएको हो।

यो जितसँगै पञ्जाबले दुई खेलबाट चार अंक जोड्दै शीर्ष स्थानमा उक्लिएको छ। पहिलो खेलमा पञ्जाबले गुजरात टाइटन्सलाई ११ रनले हराएको थियो। लखनउका लागि भने यो लगातार दोस्रो हार हो। तीन खेल खेलिसकेको लखनउले जम्मा दुई अंक मात्र जोड्न सकेको छ।

लखनउको मध्यम स्कोर, पञ्जाबको सहज लक्ष्य पछ्याइ
भारतरत्न श्री अटल बिहारी वाजपेयी एकना क्रिकेट स्टेडियममा टस हारेर पहिला ब्याटिङ गरेको लखनउले २० ओभरमा सात विकेट गुमाउँदै १७१ रन बनायो। पञ्जाबका बलर अर्शदीप सिंहले सर्वाधिक तीन विकेट लिए। चार ओभर बलिङ गरेका उनले ४३ रन खर्चे। लोक्की फर्गुसन, ग्लेन म्याक्सवेल, मार्को जोन्सन र युजवेन्द्र चाहलले समान एक-एक विकेट लिए।

१७२ रनको लक्ष्य पछ्याएको पञ्जाबले १६.२ ओभरमै दुई विकेट गुमाएर १७७ रन बनाउँदै सहज जित दर्ता गर्‍यो। पञ्जाबका लागि ओपनर प्रभसिमरन सिंहले सर्वाधिक ६९ रन बनाए। ३४ बलको सामना गरेका उनले नौ चौका र तीन छक्काको मद्दतमा आक्रामक अर्धशतक प्रहार गरे।

कप्तान श्रेयस अय्यरले अन्तिम बलमा छक्का प्रहार गर्दै अर्धशतक पूरा गरे। दुई विकेटको क्षतिमा लक्ष्य भेट्न मात्र एक रन बाँकी हुँदा स्ट्राइकमा रहेका अय्यरले पहिलो बल डट खेलेपछि दोस्रो बलमै छक्का प्रहार गर्दै ५२ रन पुर्‍याए।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका