Wednesday, September 2, 2026
Homeअन्तराष्ट्रियआँधीले ढालेको चन्दनको रूखबाट ८५ वर्षीय वृद्धलाई २८ लाख भारतीय रुपैयाँ आम्दानी

आँधीले ढालेको चन्दनको रूखबाट ८५ वर्षीय वृद्धलाई २८ लाख भारतीय रुपैयाँ आम्दानी

काठमाडौं । भारतको बेंगलुरुमा प्राकृतिक विपत्तिले एक ८५ वर्षीय वृद्धको जीवनमा अप्रत्याशित खुसी ल्याएको छ। आँधीबेहरीका कारण घरको आँगनमा रहेको चन्दनको रूख ढलेपछि एन. जी. केसरीले करिब २८ लाख भारतीय रुपैयाँ (झन्डै ४४ लाख नेपाली रुपैयाँ) प्राप्त गरेका छन्।

करिब ४० वर्षअघि उनको घरको आँगनमा आफैँ उम्रिएको बिरुवा पछि बहुमूल्य चन्दनको रूख भएको थाहा पाएपछि उनले त्यसलाई व्यापारिक लाभका लागि नबेची वर्षौंसम्म संरक्षण गरेका थिए। चन्दन चोरी हुने जोखिमलाई ध्यानमा राख्दै उनले रूख वरिपरि फलामको जालीसमेत लगाएका थिए।

विगतमा चोरहरूले पटक–पटक रूख चोरी गर्ने प्रयास गरे पनि सफल हुन सकेनन्। तर, यस वर्ष जुन महिनामा बेंगलुरुमा आएको भीषण वर्षा र हावाहुरीका क्रममा नजिकैको अर्को रूख ढलेर चन्दनको रूखमा बज्रिँदा त्यो जरैदेखि ढलेको थियो।

रूख ढलेपछि केसरीले घटनाबारे तत्काल वन विभागलाई जानकारी दिएका थिए। वन अधिकारीहरूले आवश्यक निरीक्षणपछि रूख कानुनी रूपमा हुर्काइएको पुष्टि गर्दै करिब एक मेट्रिक टन चन्दनको काठ सरकारी डिपोमा पठाएका थिए।

पछि सरकारी स्वामित्वको कर्नाटक सोप्स एन्ड डिटर्जन्ट्स लिमिटेड ले उक्त काठ २८ लाख भारतीय रुपैयाँमा खरिद गरेको थियो। यसरी प्राकृतिक विपत्तिबाट ढलेको रूख नै केसरीका लागि ठूलो आर्थिक लाभको स्रोत बन्यो।

चन्दनको रूखलाई चार दशकसम्म संरक्षण गरेको योगदानको कदर गर्दै राज्यले केसरीलाई ‘चन्दन शिरोमणि सम्मान’ बाट पनि सम्मानित गरेको छ।

यो घटनाले कानुनी प्रक्रिया पालना, धैर्यता र इमानदारीले अन्ततः सम्मान र लाभ दुवै दिलाउन सक्छ भन्ने सन्देश दिएको छ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका