Friday, July 17, 2026
Homeअन्तराष्ट्रियअमेरिकामा हवाई प्रदर्शनीका क्रममा दुई लडाकु विमान आकाशमै ठोक्किए

अमेरिकामा हवाई प्रदर्शनीका क्रममा दुई लडाकु विमान आकाशमै ठोक्किए

काठमाडौं । अमेरिकाको इडाहो राज्यमा आयोजित हवाई प्रदर्शनीका क्रममा अमेरिकी नौसेनाका दुई अत्याधुनिक लडाकु विमान आकाशमै आपसमा ठोक्किँदा दुर्घटना भएको छ।

इडाहोस्थित माउन्टेन होम वायुसेना आधार शिविरमा सञ्चालन भइरहेको ‘गनफाइटर स्काइज’ हवाई प्रदर्शनीका बेला नौसेनाका दुई ‘ईए–१८जी ग्रोलर’ लडाकु विमान एकअर्कासँग ठोक्किएर जमिनमा खसेका हुन्।

गम्भीर दुर्घटना भए पनि विमानमा सवार चालक दलका सदस्यहरू भने सकुशल रहेका छन्। समाचार संस्था एपीका अनुसार दुवै विमानमा रहेका चारै जना सदस्यले विमान जमिनमा खस्नुअघि नै प्यारासुटको सहायताले सुरक्षित रूपमा बाहिर निस्किन सफल भएका थिए।

दुर्घटनापछि अमेरिकी वायुसेना र नौसेनाले घटनाको कारणबारे अनुसन्धान सुरु गरेका छन्। प्रारम्भिक रूपमा प्रदर्शन उडानका क्रममा समन्वयमा समस्या आएको हुन सक्ने अनुमान गरिएको छ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका