Saturday, June 6, 2026
Homeखेलकुदअपराजित रहँदै चुम्यो नेपालले टी-२० विश्वकप छनोटको उपाधि

अपराजित रहँदै चुम्यो नेपालले टी-२० विश्वकप छनोटको उपाधि

काठमाडौँ । नेपालले आईसीसी टी–२० विश्वकप एसिया–पूर्वी एसिया प्यासिफिक (EAP) छनोटको उपाधि जितेको छ। शुक्रबार ओमानमा भएको सुपर सिक्स चरणको अन्तिम खेलमा सामोआलाई एक सय २४ रनले पराजित गर्दै नेपाल अपराजित रहँदै च्याम्पियन बनेको हो।

पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा २ सय ११ रनको विशाल योगफल तयार गरेको थियो। नेपालका ओपनर आसिफ शेखले ४१ बलमा ६ चौका र २ छक्कासहित ६९ रन बनाए भने दीपेन्द्रसिंह ऐरीले ३३ बलमा ५ चौका र २ छक्कासहित ५३ रनको अर्धशतकीय योगदान दिए। कप्तान रोहित पौडेलले १२ बलमा २१ रन र लोकेश बमले १२ बलमा आक्रामक ३९ रनको अविजित पारी खेले। कुशल भुर्तेल १७ रनमा र आरिफ शेख ९ रनमा आउट भए।

२१२ रनको लक्ष्य पछ्याउँदै मैदानमा उत्रिएको सामोआ २० ओभरमा ७ विकेट गुमाएर ८७ रनमा सीमित भयो। सामोआका सिन सोलियाले ४० र बेन माइलाटाले ११ रन बनाए बाहेक अन्य खेलाडी दोहोरो अंकमा पुग्न सकेनन्। नेपालका बलर ललित राजवंशीले उत्कृष्ट प्रदर्शन गर्दै ३ विकेट लिए।

यस जितसँगै नेपालले अपराजित अभियान पूरा गर्दै आईसीसी टी–२० विश्वकप एसिया–ईएपी छनोटको उपाधि आफ्नो नाममा लेखाएको छ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका