Thursday, June 25, 2026
Homeखेलकुदअन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप: आज नेपाल र लेबनान भीड्ने

अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप: आज नेपाल र लेबनान भीड्ने

काठमाडौं: अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप फुटबल अन्तर्गत आज नेपाल र लेबनान भिड्नेछन्। खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बिहीबार साँझ ६ बजे सुरु हुनेछ।

दुवै टिमले प्रतियोगिताको दोस्रो खेल खेल्न लागेका हुन्। नेपालले पहिलो खेलमा किर्गिस्तानलाई १-० गोल अन्तरले हराएको थियो। लगातार दोस्रो जित निकाल्दै फाइनलमा स्थान बनाउन नेपाललाई आजको खेल महत्वपूर्ण हुनेछ। तर, त्यसका लागि दिनको पहिलो खेलमा म्यानमारले किर्गिस्तानलाई पराजित गर्नु पर्नेछ।

नेपालले किर्गिस्तानविरुद्ध फिनिसिङमा केही कमजोरी देखाएको थियो, जसका कारण लेबनानविरुद्ध जित निकाल्न सजिलो हुनेछैन।

लेबनानले आफ्नो पहिलो खेलमा बलियो मानिएको म्यानमारविरुद्ध उत्कृष्ट प्रदर्शन गरे पनि ३-१ गोलको हार व्यहोरेको थियो।

नेपालकी स्टार स्ट्राइकर सावित्रा भण्डारी (साम्बा) अघिल्लो खेलमा दोस्रो हाफमा मात्र मैदान प्रवेश गरेकी थिइन्। सोमबार बिहान फ्रान्सबाट नेपाल आइपुगेकी साम्बाले साँझ नै किर्गिस्तानविरुद्ध खेलेकी थिइन्। तर, पर्याप्त आराम पाइसकेकाले उनी आजको खेलमा पूर्ण रूपमा फिट रहने अपेक्षा गरिएको छ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका