Tuesday, May 26, 2026
Homeसूचना प्रविधिअन्तरिक्षमा अनियन्त्रित भयो रुसी स्याटेलाइट, पृथ्वीमा खस्ने जोखिम

अन्तरिक्षमा अनियन्त्रित भयो रुसी स्याटेलाइट, पृथ्वीमा खस्ने जोखिम

रुसले केही दिन पहिले रकेटको माध्यमबाट जासुसी सैनिक स्याटेलाइट अन्तरिक्षमा प्रक्षेपण गरेको थियो । जसका कारण रुसले अमेरिकालगायतका मुलुकहरूबाट तीव्र आलोचना खेप्नुु परेको थियो । अहिले त्यहीँ जासूसी स्याटेलाइट बिग्रिएर अन्तरिक्षमा अनियन्त्रित बनिरहेको र कुनै पनि बेला पृथ्वीमा खस्ने सम्भावना रहेको बताइएको छ ।

२० टन वजन भएको उक्त स्याटेलाइट पृथ्वीमा खस्ने वा अन्तरीक्षमा रहेका अन्य रकेटसँग ठक्कर खाने भयले विशवभरका वैज्ञानिकहरु यतिबेला चिन्तित छन् । यो स्याटेलाइट पृथ्वीमा खसेमा वा ठक्कर खाएमा त्यसले ठूलो नोक्सानी गर्नसक्ने अनुमान गरिएको छ ।

रकेटको माथिल्लो क्षेत्रमा लगाइएको बुस्टर उडानका क्रममा फेल भएसँगै स्याटेलाइट आफ्नो सही कक्षमा पुग्न सकेन र अनियन्त्रित भयो । अनियन्त्रित स्याटेलाइट र त्यसमा लगाइएको बुस्टर करिब २० टन तौलको रहेको र आगामी केही हप्तामै पृथ्वीमा खस्ने सम्भावना रहेको वैज्ञानिकहरूले बताएका छन् । तर रुसी सेनाको हाइकमाण्डले विशेषज्ञहरूको यस दाबीका विषयमा हालसम्म कुनै प्रतिक्रिया दिएका छैनन् ।

रुसले अघिल्लो सोमबार नयाँ संस्करणको अंगारा ए ५ स्पेस रकेटमार्फत् उक्त स्याटेलाइट अन्तरिक्षमा पठाएको थियो । प्लेटेट्स्क स्पेस पोर्टबाट गरिएको उक्त प्रक्षेपण सफल भएको रुसले दाबी गरेको थियो । रुसको उक्त रकेट जासूसी उपग्रह, हतियार तथा नेभिगेसनका लागि आवश्यक उपग्रहहरू अन्तरिक्षमा पठाउनका लागि निकै महत्वपूर्ण मानिन्छ ।

एजेन्सीa

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका