Sunday, April 26, 2026
Homeशिक्षाअत्यधिक गर्मीका कारण विराटनगर महानगरका विद्यालय तीन दिन बन्द

अत्यधिक गर्मीका कारण विराटनगर महानगरका विद्यालय तीन दिन बन्द

मोरङ: अत्यधिक गर्मीका कारण विराटनगर महानगरपालिकाभित्रका विद्यालयहरू तीन दिनका लागि बन्द हुने भएका छन्।
महानगरका प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद ढुङ्गेलद्वारा जारी विज्ञप्तिमा जेठ २८ देखि ३० गतेसम्मका लागि सबै विद्यालय बन्द गर्ने निर्णय गरिएको जनाइएको छ।

गर्मीका कारण कक्षामा नियमित पठनपाठन गर्न कठिन भएको भन्दै विद्यालय बन्द गर्नुपरेको विज्ञप्तिमा उल्लेख छ। मौसम अनुकूल भई वर्षा भएको खण्डमा विद्यालय पुनः सञ्चालनमा ल्याइने जनाइएको छ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका