Friday, June 19, 2026
Home Blog Page 639

चीनमा २१ वर्षीय युवकले गरेको चक्कु आक्रमणमा आठ जनाको मृत्यु, १७ घाइते

0

काठमाडौं: चीनको वुशी सहरको एक कलेजमा चक्कु प्रहार हुँदा ८ जनाको मृत्यु भएको छ भने १७ जना घाइते भएका छन् ।

स्थानीय समय अनुसार साँझ ६:३० बजे उक्सीको यिक्सिङ आर्ट्स एण्ड क्राफ्ट्स भोकेशनल एण्ड ट्रेनिङ कलेजमा उक्त घटना भएको प्रहरीले जनाएको छ ।

आक्रमणकारीलाई घटनास्थलबाटै पक्राउ गरिएको छ । प्रारम्भिक अनुसन्धानमा आक्रमणकारी २१ वर्षीय पुरुषको थर शु रहेको खुलेको छ ।

उक्त व्यक्ति यही कलेजमा पढ्थे र उनको परीक्षाको नतिजा खराब आएपछि कलेजले उनलाई डिप्लोमा दिन अस्वीकार गरेको बताइएको छ । साथै, इन्टर्नसिपको पैसा कम पाएकोले पनि उनी आक्रोशित थिए । सुले आक्रमण गरेको स्वीकार गरेका छन् ।

रास्वपाले मंसिर ८ गतेदेखि नयाँ चरणको आन्दोलन गर्ने

0

काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले मंसिर ८ गतेदेखि नयाँ चरणको आन्दोलन सुरु गर्ने घोषणा गरेको छ।

आइतबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा रास्वपाले पार्टी सभापति रवि लामिछानेलाई राजनीतिक प्रतिशोधका आधारमा हिरासतमा राखिएको भन्दै आन्दोलनको दोस्रो चरण सुरु गर्ने निर्णय सार्वजनिक गर्‍यो।

पार्टीले सभापतिका साथै समसामयिक जनजीविकाका मुद्दाबारे प्रधानमन्त्रीलाई बिन्तीपत्र बुझाउन खोज्दा प्रधानमन्त्रीले समय नदिएको कारणले आन्दोलनको अर्को चरणको सुरुवात गर्नुपरेको जनाएको छ।

पत्रकार सम्मेलनमा पार्टीका कार्यवाहक प्रवक्ता मनिष झाले आन्दोलनका मुख्य एजेण्डा प्रस्तुत गर्दै, सभापति लामिछानेलाई हिरासतबाहिर राखेर निष्पक्ष अनुसन्धान गर्नुपर्ने माग गरे। साथै, सहकारी र मिटरब्याज पीडितलाई न्याय दिलाउनुपर्ने, उच्च पदस्थ व्यक्तिहरूको सम्पत्ति छानबिन गरी सार्वजनिक गर्नुपर्ने, र भ्रष्टाचार काण्डको न्यायिक छानबिनका लागि स्वतन्त्र आयोग गठन गर्नुपर्ने जस्ता माग समेत अघि सारे।

झाले संविधान परिमार्जनका लागि सर्वपक्षीय सम्मेलनको आवश्यकतामाथि जोड दिँदै, सहकारीमा ठगिएको ८७ अर्ब रुपैयाँमध्ये अधिकांश रकम राजनीतिक भ्रष्टाचारीहरूले हत्याएको आरोप लगाए। साथै, वर्तमान सरकारको प्रदर्शनलाई आक्रोश व्यक्त गर्दै उनले पहिलो र दोस्रो सरकारको गठबन्धनले देश र जनताको पक्षमा कुनै ठोस काम नगरेको आरोप पनि लगाए।

रास्वपाले उपनिर्वाचनको मनोनयनका क्रममा आफ्ना उम्मेदवारहरूलाई लक्षित गरी आक्रमणको प्रयास भएको भन्दै उपनिर्वाचन निष्पक्ष हुनेमा गम्भीर आशंका व्यक्त गरेको छ।

पूर्वसभामुख दमननाथ ढुंगानाको निधन

0

काठमाडौं: नेपाली कांग्रेसका वरिष्ठ नेता तथा पूर्वसभामुख दमननाथ ढुंगानाको आज ८३ वर्षको उमेरमा निधन भएको छ। बानेश्वरस्थित फ्रन्टलाइन अस्पतालमा उपचारका क्रममा आज दिउँसो १ः३० बजे उनले अन्तिम सास फेरेको स्वकीय सचिव डा. रुद्र शर्माले जानकारी दिएका छन्।

वरिष्ठ अधिवक्तासमेत रहेका ढुंगाना कलेजोसँग सम्बन्धित समस्याका कारण केही समयदेखि अस्पतालमा उपचाररत थिए। विसं २०४८ सालमा काठमाडौं क्षेत्र नं २ बाट नेपाली कांग्रेसका तर्फबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका उनले २०४८ देखि २०५१ सम्म सभामुखको जिम्मेवारी सम्हालेका थिए।

नेपालको प्रजातान्त्रिक आन्दोलनमा आफ्नो उल्लेखनीय योगदान दिएका ढुंगाना राजनीतिक आन्दोलनका क्रममा पटक-पटक जेल परेका थिए। उनका परिवारमा श्रीमती, दुई छोरा र एक छोरी रहेका छन्। स्वकीय सचिव शर्माका अनुसार ढुंगानाको अन्त्येष्टि भोलि गरिनेछ।

रवि लामिछानेविरुद्ध काठमाडौं अदालतबाट पक्राउ पुर्जी जारी

0
file photo

काठमाडौं। सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध जिल्ला अदालत काठमाडौंले पनि पक्राउ पुर्जी जारी गरेको छ।

काठमाडौं जिल्ला अदालतका न्यायाधिश शिशिरराज ढकालले आइतबार पक्राउ पुर्जी जारीका लागि अनुमति दिएसँगै कालिमाटीस्थित स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा उनीमाथि अनुसन्धानको बाटो खुलेको छ।

यस सहकारी ठगी प्रकरणमा ६४५ बचतकर्ताले प्रहरीमा जाहेरी दिएका थिए। लामिछानेसँगै नेपाल प्रहरीका पूर्वडीआईजी छविलाल जोशीविरुद्ध पनि पक्राउ पुर्जी जारी भएको छ।

सहकारी नियमनको कार्य प्रभावकारी रुपमा गरिनुपर्छ : नेता साउद

0

कञ्चनपुर:नेपाली कांग्रेसका केन्दीय सदस्य नारायणप्रकाश साउदले सहकारीको नियमन कार्य प्रभावकारी रुपमा गरिनुपर्ने बताउनुभएको छ ।

शुक्लाफाँटा नगरपालिका–१० झलारीस्थित सृजनशील बचत तथा ऋण सहकारी संस्थाको १७औँ वार्षिक साधारणसभामा नेता साउदले सहकारी बोर्डले प्रभावकारी रुपमा नियमन गर्न नसक्दा रकम अपचलनका घटनाले प्रश्रय पाउँदैगएको बताउनुभयो । उहाँले सहकारीमाथिको विश्वास बचाई राख्नका लागि इमान्दारिताको आवश्यकता रहेको बताउनुभयो । सहकारीको क्षेत्र निर्धारण गर्दा बैङ्कसँग समानान्तर नहुने गरी कार्य गरिनुपर्ने नेता साउदले उल्लेख
गर्नुभयो ।

सुदूरपश्चिम प्रदेशका आर्थिक मामिलामन्त्री बहादुरसिंह थापाले सहकारी अर्थतन्त्रको मेरुदण्डका रुपमा रहेको बताउनुभयो । केही सहकारीले विकृति ल्याउँदा इमान्दारिपूर्वक कार्य गरिरहेका सहकारीलाई साख जोगाउन अप्ठेरो परेको उहाँले बताउनुभयो । सहकारीले सर्वसाधारणको जीवनस्तर माथि उकास्ने कार्यदेखि उद्यमशीलतामार्फत रोजगारी सृजना गरी सामाजिक रुपान्तरणको क्षेत्रमा अहम् भूमिका खेलेको उहाँले बताउनुभयो ।

रेडपाण्डा संरक्षणका लागि किसानलाई सोलार प्यानल सहायता

0

फुङ्लिङ, ताप्लेजुङ: फुङ्लिङ नगरपालिका–११ हर्कटे क्षेत्रका पशुपालक किसानलाई गोठ व्यवस्थापन गर्न ‘सोलार प्यानल’ वितरण गरिएको छ।

वन्यजन्तुमैत्री वातावरण निर्माण गर्दै गोठ व्यवस्थापनमा सहयोग पुर्‍याउन र कुकुर नियन्त्रणको उद्देश्यले रेडपाण्डा नेटवर्क र हिमाली संरक्षण मञ्चले सोलार प्यानल प्रदान गरेका हुन्।

मञ्चका कार्यक्रम संयोजक रमेश राईका अनुसार शनिबार हर्कटे गोपाला समूहमा आबद्ध ११ घुम्ती गोठका किसानलाई प्रतिप्यानल रु १३ हजार मूल्य बराबरका ११ सोलार प्यानल वितरण गरिएको छ। हर्कटे रेडपाण्डाको मुख्य बासस्थान भएकाले, त्यहाँका रेडपाण्डालाई राति अन्य जनावरको आक्रमणबाट जोगाउन सोलार प्यानल सहयोग गरिएको हो।

लामो समयदेखि गोठमा अन्धकारमा जीवन बिताएका किसान सोलार प्यानल पाएपछि उत्साहित छन्। “६५ वर्षसम्म अन्धकारमै बस्यौँ, आज उज्यालोमा बस्न पाउँदा अत्यन्तै खुसी छौँ,” सन्तबहादुर विष्टले खुशी व्यक्त गर्नुभयो।

झापामा हात्तीको आक्रमणबाट ४५ वर्षीय मीनबहादुरको मृत्यु

0

झापा, २ मङ्सिरः हात्तीको आक्रमणमा परी आज बिहान दमक नगरपालिका–३ दिपज्योति टोलका ४५ वर्षीय मीनबहादुर भण्डारीको मृत्यु भएको छ ।

जिल्ला वन कार्यालयका प्रमुख मेघराज राईका अनुसार छिमेकी सुविन भट्टराईको घर हात्तीले भत्काउन थालेपछि त्यसलाई धपाउ खोज्दा भण्डारी आक्रमणमा परेका हुन् । निजको घटनास्थलमा नै मृत्यु भएको हो ।

जीपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

0
motorbike accident

डोटी: शिखर नगरपालिका–८ खुनस्थित भीमदत्त राजमार्गमा सवारी दुर्घटना हुँदा दिपायल सिलगढी नगरपालिका–१ सिर्खोलीका ३२ वर्षीय लोकेन्द्र साउदको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार शनिबार साँझ डडेल्धुराबाट दिपायलतर्फ आइरहेको मोटरसाइकललाई जिपले ठक्कर दिँदा मोटरसाइकलमा सवार साउदको मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक प्रकेश विकलाई सुजङ्ग अस्पतालमा सामान्य उपचारपश्चात थप उपचारको लागि धनगढी पठाइएको छ । ठक्कर दिने जीप र त्यसका चालककको खोजी भइरहेको छ ।

प्रचण्डको टिप्पणीप्रति एमालेको आपत्ति

0

काठमाडौँ: नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’द्वारा प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणलाई लिएर गरिएको टिप्पणीप्रति कडा आपत्ति जनाएको छ।

एमालेका सचिव तथा विदेश विभाग प्रमुख रघुवीर महासेठले शनिबार जारी गरेको विज्ञप्तिमा भारतीय अखबार द हिन्दूमा प्रकाशित प्रचण्डको अन्तर्वार्तामा प्रधानमन्त्री ओलीले ‘चिनियाँ कार्ड’ खेलेको भन्ने अभिव्यक्तिलाई आधारहीन र गैरजिम्मेवार भन्दै खण्डन गरिएको छ।

विज्ञप्तिमा भनिएको छ, “प्रधानमन्त्री ओलीमाथि ‘चीन कार्ड खेलेको’ आरोप लगाउँदै चीन भ्रमणलाई ‘अपरिपक्वताको प्रमाण’ भन्नु तथ्यविहीन, गैरजिम्मेवार र नेपालको राष्ट्रिय हित तथा परराष्ट्र नीतिको मर्मविपरीत छ। यस्ता टिप्पणीहरूले नेपालको अन्तर्राष्ट्रिय प्रतिष्ठालाई कमजोर पार्न सक्छन्।”

कूटनीतिक मर्यादाको उल्लङ्घन
एमालेको विज्ञप्तिमा दाहालका टिप्पणीहरू कूटनीतिक मर्यादाविपरीत रहेको र यसले नेपालको सार्वभौमसत्ता र राष्ट्रिय गरिमालाई अपमानित गर्ने जनाइएको छ। विज्ञप्तिमा भनिएको छ, “प्रधानमन्त्री ओलीको चीन भ्रमण नेपालको स्वतन्त्र परराष्ट्र नीतिको अभिव्यक्ति हो। यसलाई ‘कार्ड कूटनीति’ भनेर चित्रण गर्नु पूर्ण रूपमा भ्रामक र तथ्यहीन छ। यस्ता टिप्पणीहरूले भारत र चीनसँग नेपालको सन्तुलित सम्बन्धमा खलल पुर्याउने जोखिम सिर्जना गर्छन्।”

प्रधानमन्त्री ओलीले परराष्ट्र नीतिमा परिपक्वता र सन्तुलन प्रस्तुत गर्दै नेपालको राष्ट्रिय हितलाई प्राथमिकतामा राखेको एमालेले स्पष्ट पारेको छ। विज्ञप्तिमा भनिएको छ, “परराष्ट्र नीति कुनै राजनीतिक स्वार्थको विषय बन्नु हुँदैन। यसले विवेक, गम्भीरता र राष्ट्रिय जिम्मेवारीको माग गर्दछ। नेपालले असंलग्नता, शान्तिपूर्ण सहअस्तित्व, र संयुक्त राष्ट्रसंघको चार्टरका सिद्धान्तहरूलाई आत्मसात् गरेको छ।”

दाहाललाई अभिव्यक्ति फिर्ता गर्न आग्रह
एमालेले दाहाललाई गैरजिम्मेवार टिप्पणी फिर्ता लिन र नेपाली जनतासँग माफी माग्न आग्रह गरेको छ। साथै, भारत र चीन दुवैसँग सन्तुलित र सम्मानजनक सम्बन्ध कायम गर्ने आफ्नो प्रतिबद्धता दोहोर्याएको छ।

प्रधानमन्त्री ओलीको भ्रमणले नेपालका दुई छिमेकी मित्रराष्ट्रसँगको सहकार्यलाई प्रगाढ बनाएको उल्लेख गर्दै एमालेले राष्ट्रिय हितका मुद्दामा गम्भीरता अपनाउन सबै पक्षलाई अपिल गरेको छ।

चैनपुर सेतीसहित १४ वटा आयोजनाको विद्युत् अनुमतिपत्र जारी

0

काठमाडौँ: नेपालमा ऊर्जा क्षेत्रको विकासमा समन्वयकारी भूमिका निभाउँदै आएको विद्युत् विकास विभागले आफ्नो प्रगति विवरण सार्वजनिक गरेको छ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयअन्तर्गत रहेको विभागले जलविद्युत् आयोजना तथा प्रसारण लाइनका लागि आवश्यक अनुमति प्रदान गर्दै आएको छ। विभागका महानिर्देशक नवीनराज सिंहका अनुसार यस आर्थिक वर्षमा विभिन्न ऊर्जा परियोजनाका लागि महत्त्वपूर्ण प्रगतिहरू हासिल भएका छन्।

विभागले जलविद्युत्तर्फ कुल सातवटा आयोजनालाई ६९.२ मेगावाट क्षमताको अनुमतिपत्र प्रदान गरेको छ। सौर्य ऊर्जामा दुई आयोजनाका लागि ४० मेगावाट क्षमताको अनुमति दिइएको छ भने वायु ऊर्जातर्फ एक आयोजनाका लागि १० मेगावाट क्षमताको अनुमतिपत्र जारी गरिएको छ। यसरी, कुल १० आयोजना मिलेर ११९.२ मेगावाट क्षमताको विद्युत् उत्पादनका लागि सर्वेक्षण अनुमतिपत्र प्रदान गरिएको हो।

चैनपुर सेती जलविद्युत् आयोजनाको २१० मेगावाट क्षमताको उत्पादन अनुमतिपत्र जारी गर्नु विभागको अर्को प्रमुख उपलब्धि हो। यसबाहेक, अन्य १२ आयोजनाका लागि ३५३.२ मेगावाट क्षमताका उत्पादन अनुमतिपत्र जारी गरिएको छ।

सौर्य ऊर्जातर्फ १७.३ मेगावाट क्षमताका दुई आयोजनालाई उत्पादन अनुमति दिइएको छ। समग्रमा, विभागले तीन सय ७०.५ मेगावाट क्षमताका १४ आयोजनाका लागि विद्युत् उत्पादन अनुमतिपत्र जारी गरेको छ।

प्रसारण लाइनतर्फको उपलब्धि
प्रसारण लाइनका लागि विभागले २२ वटा आयोजनाको सर्वेक्षण अनुमतिपत्र जारी गरेको छ। यीमा ३३ केभी क्षमताका ५६.४५ सर्किट किलोमिटर, १३२ केभी क्षमताका २१०.९५ सर्किट किलोमिटर, २२० केभी क्षमताका १२५.१ सर्किट किलोमिटर र ४०० केभी क्षमताका २९.३७ सर्किट किलोमिटर प्रसारण लाइन समेटिएका छन्।

त्यस्तै, ७ आयोजनाका लागि प्रसारण लाइनको उत्पादन अनुमतिपत्र प्रदान गरिएको छ। यी आयोजनाहरूले ३३ केभी क्षमताका २३.५ सर्किट किलोमिटर, १३२ केभी क्षमताका १९.८ सर्किट किलोमिटर, २२० केभी क्षमताका १२.१ सर्किट किलोमिटर र ४०० केभी क्षमताका पाँच सर्किट किलोमिटरको क्षमता समेट्छन्।

वितरण लाइनमा प्रगति
वितरण लाइनतर्फ ३३ केभी क्षमताका ८३ सर्किट किलोमिटर क्षेत्रफल समेट्ने सातवटा आयोजनाका लागि अनुमतिपत्र जारी गरिएको छ।

महानिर्देशक सिंहका अनुसार यी प्रयासहरूले नेपालको ऊर्जा क्षेत्रलाई थप बलियो बनाउँदै ऊर्जा उत्पादन र वितरण प्रणालीलाई विस्तार गर्ने लक्ष्यमा महत्त्वपूर्ण योगदान पुऱ्याउनेछन्।