Thursday, July 2, 2026
Home Blog Page 476

यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

0

काठमाडौं: नेपाल राष्ट्र बैंकले आजको लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। निर्धारित विनिमय दर अनुसार अमेरिकी डलरको मूल्य आज पनि स्थिर रह्यो। अमेरिकी डलरको खरिद दर १३६ रूपैयाँ ३० पैसा र बिक्री दर १३६ रूपैयाँ ९० पैसा कायम गरिएको छ।

युरोपियन युरोको खरिद दर १५१ रूपैयाँ २७ पैसा र बिक्री दर १५१ रूपैयाँ ९४ पैसा, युके पाउन्ड स्ट्रर्लिङको खरिद दर १७९ रूपैयाँ ४० पैसा र बिक्री दर १८० रूपैयाँ १९ पैसा, स्विस फ्र्यांकको खरिद दर १६१ रूपैयाँ ३७ पैसा र बिक्री दर १६२ रूपैयाँ ८ पैसा तोकिएको छ।

अष्ट्रेलियन डलरको खरिद दर ८७ रूपैयाँ १३ पैसा र बिक्री दर ८७ रूपैयाँ ५१ पैसा, क्यानेडियन डलरको खरिद दर ९७ रूपैयाँ ५० पैसा र बिक्री दर ९७ रूपैयाँ ९३ पैसा, सिङ्गापुर डलरको खरिद दर १०४ रूपैयाँ ३२ पैसा र बिक्री दर १०४ रूपैयाँ ७८ पैसा निर्धारण गरिएको छ।

त्यस्तै, जापानी येनको खरिद दर १० को ९ रूपैयाँ २० पैसा र बिक्री दर ९ रूपैयाँ २४ पैसा, चिनियाँ युआनको खरिद दर १ को १८ रूपैयाँ ९२ पैसा र बिक्री दर १९ रूपैयाँ, साउदी अरेबियन रियालको खरिद दर १ को ३६ रूपैयाँ ३४ पैसा र बिक्री दर ३६ रूपैयाँ ५० पैसा, कतारी रियालको खरिद दर १ को ३७ रूपैयाँ ३९ पैसा र बिक्री दर ३७ रूपैयाँ ५६ पैसा तोकिएको छ।

केन्द्रीय बैंकका अनुसार थाई भाटको खरिद दर १ को ४ रूपैयाँ ७ पैसा र बिक्री दर ४ रूपैयाँ ९ पैसा, युएई दिरामको खरिद दर १ को ३७ रूपैयाँ ११ पैसा र बिक्री दर ३७ रूपैयाँ २७ पैसा, मलेसियन रिङ्गेटको खरिद दर १ को ३१ रूपैयाँ ७२ पैसा र बिक्री दर ३१ रूपैयाँ ८६ पैसा निर्धारण गरिएको छ।

यसैगरी, साउथ कोरियन वनको १०० को खरिद दर ९ रूपैयाँ ६० पैसा र बिक्री दर ९ रूपैयाँ ६४ पैसा, स्विडिस क्रोनरको खरिद दर १ को १३ रूपैयाँ ८९ पैसा र बिक्री दर १३ रूपैयाँ ९५ पैसा र डेनिस क्रोनरको खरिद दर १ को २० रूपैयाँ २८ पैसा र बिक्री दर २० रूपैयाँ ३७ पैसा तोकिएको छ।

राष्ट्र बैंकले हङकङ डलरको खरिद दर १ को १७ रूपैयाँ ४९ पैसा र बिक्री दर १७ रूपैयाँ ५७ पैसा, कुवेती दिनारको खरिद दर १ को ४४३ रूपैयाँ १८ पैसा र बिक्री दर ४४५ रूपैयाँ १३ पैसा, बहराइन दिनारको खरिद दर १ को ३६१ रूपैयाँ ५४ पैसा र बिक्री दर ३६३ रूपैयाँ १३ पैसा, ओमनी रियालको खरिद दर १ को ३५४ रूपैयाँ ५ पैसा र बिक्री दर ३५५ रूपैयाँ ६१ पैसा रहेको छ। भारतीय रूपैयाँको १०० को खरिद दर १६० रूपैयाँ र बिक्री दर १६० रूपैयाँ १५ पैसा तोकिएको छ।

राष्ट्र बैंकले भनेको छ कि यो विनिमय दर आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिन्छ। वाणिज्य बैंकले तोक्ने विनिमय दर खुला बजारको आधारमा फरक हुनसक्छ र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ।

पालिकाकै सक्रियतामा चुरे दोहन:अख्तियारको छानबिन सुरु

0

दयपुर, उदयपुर: उदयपुरको चौदण्डीगढी नगरपालिका–२ र ४ को सिमानामा पर्ने माडीबास र लामाखोला बरपानी क्षेत्रमा अवैध उत्खनन भएको उजुरी परेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोग (अदुअआ) इटहरीले छानबिन थालेको छ।

नगर प्रमुख कालुमान लामाको संलग्नतामा अवैध उत्खनन भएको आरोप लगाउँदै चौदण्डीगढी नगरपालिका–७ का वडा अध्यक्ष केशव अधिकारीले उजुरी दिएका हुन्। उजुरीका आधारमा आयोगको टोलीले गत शुक्रबार उत्खनन क्षेत्रको निरीक्षण गरेको थियो।

अधिकारीले बताएअनुसार सार्वजनिक, सरकारी, ऐलानी र निजी जग्गाबाट गिट्टी, बालुवा, माटो र ढुंगा उत्खनन गरी लाखौं कर छली गरिएको छ। उनले नगरपालिकाको मिलोमतोमा आइई (प्रारम्भिक वातावरणीय प्रभाव मूल्याङ्कन) नक्कली बनाई चुरे वन क्षेत्रमा दोहन गरिएको आरोप लगाए।

अख्तियार इटहरीका एक अधिकारीले नाम नखुलाउने शर्तमा उजुरी प्राप्त भएको र प्रारम्भिक छानबिन सुरु भइसकेको जनाएका छन्। उनी भन्छन्, “हामी विस्तृत छानबिनको तयारीमा छौं।”

यसबीच, जिल्ला समन्वय समिति (जिसस) उदयपुरका प्रमुख गौरबहादुर विश्वकर्माले पनि उत्खनन अवैध भएको पुष्टि गरेका छन्। अनुगमनका क्रममा किर्ते कागजात प्रयोग गरेर वन क्षेत्र दोहन गरिएको, मानव बस्ती र सार्वजनिक संरचनामा असर परेको उल्लेख गरिएको छ।

नगर प्रमुख लामा निकट ठेकेदार घिसिङ तामाङलाई उत्खननको ठेक्का दिइएको पाइन्छ। उनी कालुमान लामाका स्वकीय तथा काका–भतिज पनि हुन्। ठेक्का प्राप्त कम्पनी साङ्गे छोयलिङ कन्सट्रक्सन प्रालिको नवीकरण नगरिएको, र नगर कार्यपालिकाको निर्णयअनुसार अनुमति दिइएको भए पनि आवश्यक कानुनी प्रक्रिया पुरा नगरिएको पाइएको छ।

कोशी प्रदेश सरकारको आर्थिक ऐन २०८१ अनुसार ढुंगा, गिट्टी, बालुवा, माटो आदिको संकलन र बिक्रीका लागि निर्धारण गरिएको दस्तुरभन्दा धेरै परिमाणमा अवैध रूपमा उत्खनन गरी बिक्री गरिएको आरोप छ।

स्थानीयका अनुसार बरपानी क्षेत्रमा दुईवटा स्काभेटर प्रयोग गरेर दैनिक सयभन्दा बढी दस चक्के टिपरमार्फत गिट्टी निकासी भएको थियो। जम्मा १० हजार घनमिटर उत्खनन गरिएको उल्लेख गरिए पनि करिब ३५ हजार घनमिटरभन्दा बढी गिट्टी निकालिएको अनुमान गरिएको छ। एक चिनियाँ कम्पनीसँग एक लाख घनमिटर गिट्टी आपूर्ति गर्ने मौखिक सम्झौता भएको स्रोतले जनायो।

सर्वोच्च अदालतको आदेश र चुरे क्षेत्रका सम्बन्धमा सरकारको नीति अनुसार स्काभेटर प्रयोग गर्न निषेध गरिएको भए पनि स्काभेटर प्रयोग गरेर उत्खनन गरिएको पाइएको छ।

वडा अध्यक्ष केशव अधिकारीले नगर कार्यपालिकाको बैठकमा रोकथामको माग गरे पनि सुनुवाइ नभएको बताए। उपमेयर मणिकादेवी दुलालले विवादित क्षेत्रमा उत्खनन अहिले रोकिएको र माथिल्लो निकायबाट छानबिन सुरु भएकाले आवश्यक कारबाही हुने बताइन्।

नगर प्रमुख कालुमान लामाले यसबारे कुनै प्रतिक्रिया दिएका छैनन्।

बाढीले माप्ती डाइभर्सन बगाएपछि आठ घण्टादेखि बीपी राजमार्ग अवरुद्ध

0

काभ्रेपलाञ्चोक: अविरल वर्षाका कारण रोशी खोलामा आएको बाढीले माप्तीस्थित डाइभर्सन बगाएपछि बीपी राजमार्ग सोमबार रातिदेखि अवरुद्ध भएको छ। उक्त डाइभर्सन बगाएको झण्डै आठ घण्टा भइसक्दा पनि राजमार्ग पूर्ण रूपमा सञ्चालनमा आउन सकेको छैन।

जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी, प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेका अनुसार रोशी गाउँपालिका–१२ मा पर्ने मङ्गलटारतर्फको सडकखण्डमा बाढीले थप क्षति पुर्‍याएपछि यातायात अवरुद्ध भएको हो। हाल प्रहरी र स्थानीयको सहयोगमा राजमार्ग एकतर्फी रूपमा सञ्चालनमा ल्याउने प्रयास भइरहेको जनाइएको छ।

गत असोजको बाढीले डाइभर्सन बगाएपछि त्यही स्थानमा अस्थायी डाइभर्सन निर्माण गरिएको थियो। अहिलेको बाढीले त्यही डाइभर्सन पुनः बगाएको हो। प्रहरीले राजमार्गमा अलपत्र परेका १७ यात्रुको उद्धार गरेको जनाएको छ।

बाढीले महिलालाई बगाएपछि खोजी कार्य जारी

सोमबार दिउँसोको लगातार वर्षापछि आएको बाढीले पनौती नगरपालिका–५ स्थित सुब्बागाउँकी ३३ वर्षीया रेनुका गिरीलाई बगाएको छ। मेला फर्कने क्रममा साँझ ६ बजे ढलमले खोलाले गिरीलाई बगाएको प्रहरीले जनाएको छ।

सोमबार राति अबेरसम्म खोजीकार्य जारी रहे पनि सफलता नपाएपछि स्थगन गरिएको थियो। आज बिहानदेखि नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाली सेना र स्थानीयवासीको सहकार्यमा पुनः खोजी कार्य सुरु गरिएको डिएसपी घलेले जानकारी दिनुभयो।

सोमबारको वर्षाले पनौती बसपार्क आसपासका क्षेत्र डुबानमा परेका छन् भने बाढीले आलु खेतीसमेत डुबाएको छ।

यस्तो छ आज सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य

0

काठमाडौँ: कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबारका लागि तरकारी, फलफूल र अन्य कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ। समितिका अनुसार भारतीय ठूला गोलभेँडा प्रतिकिलो ७० रुपैयाँ र स्थानीय साना गोलभेँडा प्रतिकिलो ८५ रुपैयाँमा निर्धारण गरिएको छ।

तरकारीहरूको थोक मूल्य (प्रति किलो):

आलु रातो: रु ३५

प्याज (भारतीय): रु ३८

गाजर (स्थानीय): रु ६०, तराई: रु ३०

बन्दा (स्थानीय): रु १५

काउली: रु ७०

मूला सेतो (स्थानीय): रु २०, हाइब्रिड: रु ३०

भन्टा लाम्चो: रु ४०, डल्लो: रु ४५

बोडी: रु ६०

मटरकोसा: रु १००

करेला: रु ४०

लौका: रु ३०

परबर (स्थानीय/तराई): रु ६०

झिगुनी: रु ८०

फर्सी (पाकेको): रु ५०

हरियो फर्सी (लाम्चो): रु ६०, डल्लो: रु २५

भिण्डी: रु ३५

सखरखण्ड: रु ६०

पिँडालु: रु १००

स्कूस: रु ५०

सागसब्जी र अन्य वस्तुहरू:

रायो साग, पालुङ्गो, चमसुर, मेथीको साग: रु ८०

तोरीको साग: रु ३५

च्याउ (कन्य): रु १७०, डल्ले: रु ३००, राजा च्याउ: रु ३००, सिताके च्याउ: रु ८००

गुन्द्रुक: रु ३५०

ब्रोकाउली: रु १००

कोइरालो: रु १८०

सेलरी: रु २१०

पार्सले: रु ३५०

पुदिना: रु ३००

फलफूलको मूल्य:

स्याउ (झोले): रु २५०, फूजी: रु ३४०

केरा (दर्जन): रु १६०

अनार: रु ३५०

अङ्गुर (हरियो): रु २००, कालो: रु ३५०

सुन्तला (भारतीय): रु १४०

तरबुजा: रु ५०

जुनार/मौसम: रु २००

भुइँकटहर (गोटा): रु २००

काँक्रो (स्थानीय): रु ६०, हाइब्रिड: रु ३०

नासपाती (चाइनिज): रु २६०

मेवा (नेपाली): रु ५०, भारतीय: रु १२०

स्ट्रबेरी: रु २५०

किबी: रु ४६०

आभोकाडो: रु ५८०

मसला तथा अन्य वस्तुहरू:

अदुवा: रु १२०

खुर्सानी (सुकेको): रु ४२०, हरियो: रु ११०, माछे खुर्सानी: रु ४५, अकबरे खुर्सानी: रु ४००

लसुन (हरियो): रु ८०, सुकेको (नेपाली/चाइनिज): रु ३००

हरियो धनिया: रु ९०

माछाको मूल्य:

ताजा माछा (रहु): रु ३२०, बचुवा: रु २६०, छडी: रु २४०

अन्य विशेष वस्तुहरू:

रुख टमाटर: रु १६०

गान्टे मूला: रु ४०

इमली: रु १९०

तोफु: रु १४०

समितिले उपभोक्तालाई मूल्य सूची हेरेर खरिद गर्न आग्रह गर्दै तोकिएको मूल्यभन्दा बढी लिने व्यवसायीको जानकारी पाए तत्काल गुनासो दर्ता गराउन अनुरोध गरेको छ।

साइम कलेज र टोक्मा टेक्नोलोजिजबीच शैक्षिक–उद्योग सहकार्यका लागि सम्झौता

0

ललितपुर: साइम कलेज र टोक्मा टेक्नोलोजिजबीच सहकार्यसम्बन्धी औपचारिक सम्झौता भएको छ। ललितपुरमा आयोजित एक विशेष समारोहका क्रममा साइम कलेजका प्राचार्य अशोकराज पाण्डे र टोक्मा टेक्नोलोजिजका निर्देशक सागर आङदेम्बेले आ–आफ्नो संस्थाको तर्फबाट सम्झौतामा हस्ताक्षर गरेका हुन्। उक्त अवसरमा साइम कलेजका कार्यक्रम निर्देशक सुमन्त गुरुङ साक्षीका रूपमा उपस्थित थिए।

यस सम्झौताअनुसार, विद्यार्थीहरूका लागि इन्डस्ट्रीसँग प्रत्यक्ष सम्बन्धित इन्टर्नशिप, संयुक्त अनुसन्धान परियोजना, पाठ्यक्रम सुदृढीकरण, कार्यशाला, विशेषज्ञद्वारा सञ्चालित सत्रहरू, ह्याकाथन, र नवप्रवर्तन चुनौतीहरू जस्ता कार्यक्रम सञ्चालन गरिनेछ। यस्ता कार्यक्रमले विद्यार्थीलाई व्यवहारिक तथा उद्योगसम्बन्धी सीपमा दक्ष बनाउने लक्ष्य राखिएको छ।

कम्प्युटर एशोसिएसन नेपाल महासंघका उपाध्यक्ष तथा एक समर्पित साइबर सुरक्षा कम्पनीका प्रमुख कार्यकारी अधिकृत चिरञ्जीबी अधिकारीले यो सहकार्यलाई ‘प्रभावकारी पहल’को रूपमा उल्लेख गर्दै भने, “साइम कलेज र टोक्मा टेक्नोलोजिजको सहकार्यले नेपाली युवालाई उद्योगमै काम गर्न सक्ने दक्ष जनशक्ति तयार पार्न मद्दत पुर्‍याउनेछ। यो कदम नेपाललाई आइटी हब बनाउने राष्ट्रिय उद्देश्यसँग पनि मेल खान्छ।”

साइम कलेजका प्राचार्य अशोकराज पाण्डेले उद्योग र शिक्षाबीचको सहकार्यलाई अहिलेको आवश्यकता भन्दै भने, “यो समझदारी विद्यार्थीलाई व्यवहारिक ज्ञान प्रदान गर्दै भविष्यको डिजिटल अर्थतन्त्रमा प्रतिस्पर्धी बनाउने दिशामा महत्वपूर्ण पाइला हो।”

सम्झौता तीन वर्षका लागि प्रभावकारी हुनेछ र परस्पर सहमतिमा विस्तार गर्न सकिनेछ। सम्झौताअनुसार, साइम कलेजले इन्टर्नशिप तथा परियोजनाका लागि विद्यार्थी सिफारिस गर्ने, शैक्षिक सहयोग तथा पूर्वाधार उपलब्ध गराउने, र संकायसँग समन्वय गरी संयुक्त परियोजना अघि बढाउनेछ।

उता, टोक्मा टेक्नोलोजिजले इन्टर्नशिप र अनुसन्धान परियोजनाको अवसर दिने, विद्यार्थी र संकायका लागि उद्योगसम्बन्धी मार्गदर्शन र विशेषज्ञ सत्रहरू सञ्चालन गर्ने, तथा पाठ्यक्रम समिक्षामा सहभागी भई सहकार्यका कार्यक्रमहरू सञ्चालन गर्नेछ।

दुवै संस्थाले यो साझेदारीले अनुसन्धान प्रवर्धन, उद्यमशीलता विकास, र विद्यार्थीलाई रोजगारोपयोगी सीपमा सक्षम बनाउने विश्वास व्यक्त गरेका छन्। यस सहकार्यबाट नेपालमा शैक्षिक संस्था र प्राविधिक उद्योगबीचको सम्बन्ध नयाँ उचाइमा पुग्ने अपेक्षा गरिएको छ।

तोक्मा टेक्नोलोजीजले सार्वजनिक गर्यो तोक्मा एप र जीकार्ड

0

काठमाडौं: तोक्मा टेक्नोलोजीजले ‘तोक्मा एप’ र ‘जीकार्ड’ सार्वजनिक गरेको छ। राजधानीको याक एण्ड यतिमा आयोजित एक विशेष समारोहमा नेपाल विद्युत प्राधिकरणका पूर्व प्रबन्ध निर्देशक कुलमान घिसिङले यी दुवै प्रविधि सार्वजनिक गरेका हुन्।

तोक्मा टेक्नोलोजीजले ‘अल इन वन एप’ अर्थात सुपर एपको रूपमा तोक्मा एप ल्याएको हो भने, एनएफसी (नियर फील्ड कम्युनिकेशन) प्रविधिमा आधारित डिजिटल कार्ड ‘जीकार्ड’ सार्वजनिक गरेको हो।

कार्यक्रममा बोल्दै कुलमान घिसिङले यी प्रविधिहरूले नेपालको डिजिटल अर्थतन्त्रमा महत्त्वपूर्ण योगदान दिने विश्वास व्यक्त गरे। उनले भने, “यी प्रडक्टले डिजिटल इकोनोमीमा योगदान पुर्‍याउने छन् र रोजगारीका अवसर पनि सिर्जना गर्नेछन्। यस्ता प्रविधिले दैनिक जीवनलाई अझ प्रभावकारी बनाउँछ, त्यसैले सबैले प्रयोग गर्नुपर्छ।”

तोक्मा टेक्नोलोजीका सह-संस्थापक सञ्चमान राईले तीन वर्ष लामो अनुसन्धानपछि उत्पादन सार्वजनिक गरिएको जानकारी दिँदै, प्रयोगकर्ताको सुझावअनुसार सुधार गर्दै लैजाने बताए।

साथै, कम्पनीका प्रमुख कार्यकारी अधिकृत (CEO) सागर आङ्गेदम्बेले तोक्मा एप र जीकार्डलाई केवल प्रविधि नभई ‘देश परिवर्तनको संवाहक’ को रूपमा प्रस्तुत गरे।

शहरी यातायात प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत कुबेर नेपालीले सार्वजनिक यातायातमा राइड शेयरिङ अब अनिवार्य र सहज भएको उल्लेख गरे।

क्यान महासंघका उपाध्यक्ष चिरन्जिबी अधिकारीले आजको युगमा नवप्रवर्तन (इन्नोभेसन) अब विकल्प नभएर आवश्यकता भएको बताए। “स्टार्टअपहरू केवल साना व्यवसाय होइनन्, ती आशा, सम्भावना, नेतृत्व र डिजिटल नेपालको संवाहक हुन्,” उनले जोड दिए।

ब्राण्ड एम्बासडर विल्सन विक्रम राईले स्वदेशी प्रविधिको प्रयोगमा जोड दिंदै सबैलाई तोक्मा प्रयोग गर्न आग्रह गरे।

तोक्मा एप मा राइड शेयरिङ, टुर गाइड, सेक्युरिटी, केयर गिभर, शपिङ लगायतका सुविधा समावेश छन्।

जीकार्ड ले पारम्परिक भिजिटिङ कार्डको आवश्यकता हटाउँदै एनएफसी सपोर्ट गर्ने मोबाइलमा ट्याप गरेर व्यक्तिगत तथा व्यवसायिक विवरण सजिलै साझा गर्न सकिने सुविधा दिएको छ। आवश्यकताअनुसार जीकार्डमा विवरण परिमार्जन गर्न सकिने र यसले कागजको प्रयोग घटाएर वातावरण संरक्षणमा समेत योगदान पुर्‍याउने कम्पनीले जनाएको छ।

आतंकवादी हमला भए कडा प्रतिकार गर्ने मोदीको चेतावनी

0

काठमाडौं: भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतविरुद्ध हुने कुनै पनि आतंकवादी हमलाको कडा प्रतिकार गरिने चेतावनी दिएका छन्। पाकिस्तानसँगको चारदिने सैन्य झडपपछि सोमबार राति राष्ट्रका नाममा सम्बोधन गर्दै उनले यस्तो टिप्पणी गरेका हुन्।

भारत र पाकिस्तानबीच हालै सम्पन्न चार दिनको हवाई आक्रमण, प्रत्याक्रमण र सीमापार गोलाबारीपछि मोदीले पहिलोपटक जनतालाई सम्बोधन गरेका थिए। सम्बोधनमा उनले भने, “यो युद्धको युग होइन, तर यो आतंकको युग पनि हुन सक्दैन।”

भारत नियन्त्रित कश्मीरमा भएको आतंकवादी हमलामा २६ जना पर्यटकको ज्यान गएपछि भारतले त्यसमा पाकिस्तानको संलग्नता रहेको आरोप लगाएको छ। यद्यपि, पाकिस्तानले उक्त आरोप अस्वीकार गर्दै आएको छ।

दुबै परमाणु शक्तिशाली छिमेकी राष्ट्रबीच अमेरिकाको मध्यस्थतामा शनिबार युद्धविराम गर्ने सहमति भएको थियो, जुन हालसम्म कायम रहेको जनाइएको छ। यद्यपि, दुबै देश अझै सतर्क अवस्थामा रहेका छन्।

प्रधानमन्त्री मोदीले सम्बोधनमा थप भने, “यदि भारतमा पुनः आतंकवादी हमला भयो भने त्यसको कडा जवाफ दिइनेछ। आतंक र व्यापार एउटै तुलोमा राखेर सम्झौता गर्न सकिन्न।”

उनको यो चेतावनी अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको एक भनाइतर्फ संकेत थियो, जसअनुसार यदि युद्ध नरोकिएको खण्डमा अमेरिका भारत–पाकिस्तानसँग व्यापारिक कारोबार बन्द गर्ने तयारीमा थियो। त्यसपछि दुबै देश युद्धविराममा सहमत भएका थिए।

लोमान्थाङ अन्तर्राष्ट्रिय मिडिया समिटको टोली पोखरा हुँदै मुस्ताङमा

0

मुस्ताङ: नेपाल प्रेस युनियनको आयोजनामा शुक्रबारदेखि जारी लोमान्थाङ अन्तर्राष्ट्रिय मिडिया समिट अन्तर्गत सोमबार तेस्रो दिन अन्तर्राष्ट्रिय सञ्चारकर्मीहरूको टोली पोखरा हुँदै हिमालपारिको जिल्ला मुस्ताङ आइपुगेको छ।

टोलीले पोखराको अन्नपूर्ण केबलकारमार्फत फेवातालसहित पोखराको मनोरम दृश्य अवलोकन गर्दै यात्रा सुरु गरेको हो। सो क्रममा टोलीले कास्कीको अन्नपूर्ण गाउँपालिका र पर्वतको जलजला गाउँपालिकामा विविध कार्यक्रम सञ्चालन गरेका छन्।

टोलीले म्याग्दीको प्रसिद्ध धार्मिक स्थल गलेश्वरधाम, रुप्से झरनालगायतका पर्यटकीय स्थलहरूको प्रवर्द्धनात्मक भ्रमण गर्दै मुस्ताङ प्रवेश गरेको हो। अन्नपूर्ण गाउँपालिकामा टोलीलाई बाजागाजासहित भव्य स्वागत गरिएको थियो।

गाउँपालिकाको पक्षबाट स्वागत गर्दै अध्यक्ष विष्णुबहादुर केसीले कृषि, पर्यटन र ऊर्जाको प्रवर्द्धन तथा नागरिकलाई सुशासनयुक्त सेवा प्रवाहमा पालिका प्रतिबद्ध भएर काम गरिरहेको जानकारी दिनुभयो। उपाध्यक्ष चन्द्रकला अधिकारी र प्रमुख प्रशासकीय अधिकृत विष्णु पोख्रेलले पालिकाको सेवा प्रवाह र विकास गतिविधिबारे सहभागीलाई जानकारी गराए।

जलजला गाउँपालिकामा आयोजित कार्यक्रममा पालिकाका सूचना प्रविधि अधिकृत सुदीप पौडेलले कृषि र पर्यटनको सम्भावनाबारे प्रष्ट पार्नुभयो। प्रमुख प्रशासकीय अधिकृत हरिकृष्ण आचार्यले ४१ प्रतिशत भूभाग वनले ढाकिएको जलजलामा न्यूनतम स्रोतसाधनकै भरमा जडीबुटी, जमिन, जंगल र कृषिमा सम्भावना खोजिरहेको जानकारी दिनुभयो।

दुवै कार्यक्रममा नेपाल प्रेस युनियनका अध्यक्ष शिव लम्सालले गाउँपालिकाहरूका समृद्धिको सम्भावना सञ्चारमाध्यममार्फत उजागर गरिने विश्वास व्यक्त गर्नुभयो।

यसअघि, समिटको औपचारिक उद्घाटन ललितपुरको हिमालय होटेलमा गरिएको थियो। राजधानी र पोखरामा भएका विभिन्न सत्रमा विश्वको बदलिँदो परिवेश, प्रविधिले ल्याएका अवसर र चुनौती, दक्षिण एसियाको सञ्चार क्षेत्रका समस्या, प्रेस स्वतन्त्रता, र नेपाली पत्रकारिताका विविध पक्षमा छलफल तथा अन्तरक्रिया सम्पन्न भएको थियो।

मंगलबार जोमसोममा जलवायु परिवर्तन र त्यसका प्रभावबारे सरोकारवालासँग अन्तरक्रिया गरिनेछ भने लोमान्थाङ घोषणापत्र जारी गरिने नेपाल प्रेस युनियनले जनाएको छ।

मौसम पूर्वानुमान : यी प्रदेशमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

0

काठमाडौं:जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी वायु, स्थानीय वायु, तथा अरब सागरबाट आइरहेको जलवाष्पयुक्त हावाको आंशिक प्रभाव रहेको जनाएको छ।

महाशाखाका अनुसार हाल देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहेको छ भने बाँकी भूभागमा मौसम मुख्यतया सफा वा आंशिक बदली छ।

आज दिउँसो कोशी प्रदेशलगायत पहाडी भूभागहरूमा आंशिकदेखि सामान्य बदली रहनेछ। कोशी र गण्डकी प्रदेशका पहाडी क्षेत्रमा केही स्थानहरूमा र अन्य पहाडी भागका एक-दुई स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। साथै, उच्च पहाडी तथा हिमाली क्षेत्रका एक-दुई स्थानमा हल्का वर्षासहित हिमपात हुन सक्ने महाशाखाले जनाएको छ।

आज राति पनि कोशी, गण्डकी र कर्णाली प्रदेशको पहाडी क्षेत्रमा आंशिक बदली रहन सक्नेछ, बाँकी भूभाग भने मुख्यतया सफा वा आंशिक बदली हुने अनुमान गरिएको छ। यिनै पहाडी क्षेत्रका एक-दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना छ, भने उच्च पहाडी तथा हिमाली भागहरूमा हल्का वर्षा र हिमपात हुन सक्नेछ।

महाशाखाले कोशी र गण्डकी प्रदेशका पहाडी क्षेत्रका केही स्थान र अन्य भागका एक-दुई स्थानमा सम्भावित चट्याङ्ग र वर्षाका कारण दैनिक जनजीवन, कृषि, स्वास्थ्य, सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने भन्दै आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ।

सरकारले लिने ऋणमा पनि व्यापक भ्रष्टाचार र कमिशनको खेल हुने गरेको छ : जसपा

0

काठमाडौं: जनता समाजवादी पार्टी (जसपा) नेपालका प्रचारप्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले सरकारद्वारा लिइने ऋणमा समेत व्यापक भ्रष्टाचार र कमिशनको खेल हुने गरेको आरोप लगाएका छन्। उनले देश वैदेशिक तथा आन्तरिक ऋणमा डुबिरहेको भन्दै गम्भीर चिन्ता व्यक्त गरेका छन्।

उनका अनुसार नेपालमा हालसम्म कुल करिब २६ खर्ब रुपैयाँ बराबरको ऋण रहेको छ, जसमा आधा आन्तरिक र आधा वैदेशिक ऋण छन्। सरकारले प्रत्येक वर्ष साँवा र ब्याज गरी करिब ३ खर्ब रुपैयाँ भुक्तानी गर्दै आएको तथ्यले मुलुकको आर्थिक अवस्था झल्काउने उनले बताए।

बस्नेतले सरकारको नीति र नियत नै गलत भएकाले बजेट समयमा खर्च नहुने, विकास निर्माणका आयोजना समयमै सम्पन्न नहुने, र शिक्षा तथा स्वास्थ्य क्षेत्रमा गरिने लगानीले पनि अपेक्षित परिणाम दिन नसकेको दाबी गरे।

“संघ र प्रदेश सरकारले हरेक वर्ष जम्मा ७० देखि ८० प्रतिशतसम्म मात्र बजेट खर्च गर्ने गरेको देखिन्छ,” उनले भने, “सार्वजनिक खरिद ऐन तथा नियमावलीअनुसार खर्च गर्नुपर्ने बाध्यताका कारण निर्णय प्रक्रियामा ढिलासुस्ती, समयमा प्रक्रिया नबढाउने प्रवृत्ति र कमिशनको चलखेलका कारण अधिकांश परियोजना अधुरो रहने गरेको छ।”

उनले वर्तमान अवस्थाबाट मुलुकलाई जोगाउन सुधारात्मक नीति, पारदर्शी खर्च प्रणाली, र उत्तरदायी शासन व्यवस्था आवश्यक रहेको धारणा व्यक्त गरे।