Thursday, July 2, 2026
Homeसामाचारसरकारले लिने ऋणमा पनि व्यापक भ्रष्टाचार र कमिशनको खेल हुने गरेको छ...

सरकारले लिने ऋणमा पनि व्यापक भ्रष्टाचार र कमिशनको खेल हुने गरेको छ : जसपा

काठमाडौं: जनता समाजवादी पार्टी (जसपा) नेपालका प्रचारप्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले सरकारद्वारा लिइने ऋणमा समेत व्यापक भ्रष्टाचार र कमिशनको खेल हुने गरेको आरोप लगाएका छन्। उनले देश वैदेशिक तथा आन्तरिक ऋणमा डुबिरहेको भन्दै गम्भीर चिन्ता व्यक्त गरेका छन्।

उनका अनुसार नेपालमा हालसम्म कुल करिब २६ खर्ब रुपैयाँ बराबरको ऋण रहेको छ, जसमा आधा आन्तरिक र आधा वैदेशिक ऋण छन्। सरकारले प्रत्येक वर्ष साँवा र ब्याज गरी करिब ३ खर्ब रुपैयाँ भुक्तानी गर्दै आएको तथ्यले मुलुकको आर्थिक अवस्था झल्काउने उनले बताए।

बस्नेतले सरकारको नीति र नियत नै गलत भएकाले बजेट समयमा खर्च नहुने, विकास निर्माणका आयोजना समयमै सम्पन्न नहुने, र शिक्षा तथा स्वास्थ्य क्षेत्रमा गरिने लगानीले पनि अपेक्षित परिणाम दिन नसकेको दाबी गरे।

“संघ र प्रदेश सरकारले हरेक वर्ष जम्मा ७० देखि ८० प्रतिशतसम्म मात्र बजेट खर्च गर्ने गरेको देखिन्छ,” उनले भने, “सार्वजनिक खरिद ऐन तथा नियमावलीअनुसार खर्च गर्नुपर्ने बाध्यताका कारण निर्णय प्रक्रियामा ढिलासुस्ती, समयमा प्रक्रिया नबढाउने प्रवृत्ति र कमिशनको चलखेलका कारण अधिकांश परियोजना अधुरो रहने गरेको छ।”

उनले वर्तमान अवस्थाबाट मुलुकलाई जोगाउन सुधारात्मक नीति, पारदर्शी खर्च प्रणाली, र उत्तरदायी शासन व्यवस्था आवश्यक रहेको धारणा व्यक्त गरे।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका