काठमाडौं: कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय (त्रिवि) केन्द्रीय क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनका लागि अध्यक्ष पदमा १७ जनाको उम्मेदवारी परेको छ।
क्याम्पस निर्वाचन अधिकृत प्राडा कृष्णप्रसाद न्यौपानेका अनुसार, अध्यक्ष पदमा अनेरास्ववियु, नेपाल विद्यार्थी संघ, अनेरास्ववियु क्रान्तिकारी, स्वतन्त्र विद्यार्थी समूहलगायत विभिन्न समूहका उम्मेदवार छन्।
अध्यक्ष पदका प्रमुख उम्मेदवारहरू
अनेरास्ववियु – सिद्धान्त भट्ट
नेपाल विद्यार्थी संघ – दीपकराज जोशी
अखिल (क्रान्तिकारी) – प्रवीन दाहाल
स्वतन्त्र विद्यार्थी समूह – दिनेश कार्की
नेपाल क्रान्तिकारी विद्यार्थी संघ – विलम सुवाल
नेपाली विद्यार्थी मञ्च – अक्कल रानाभाट
नयाँ शक्ति विद्यार्थी युनियन – नरेन्द्र सिंह महरा
स्वतन्त्र विद्यार्थी (त्रिवि) – उज्जलवहादुर खड्का
स्वतन्त्र उम्मेदवारहरू – पद्मा भुसाल, सनम वली, दिप्रसन केसी लगायत
त्रिवि केन्द्रीय क्याम्पसमा ६,१४६ मतदाता रहेको छ।
निर्वाचन कार्यतालिका
आज साँझ ४ बजे: उम्मेदवारमाथि दाबी, विरोध तथा फिर्ता लिने अन्तिम समय।
आज साँझ ७ बजे: उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन।
फागुन २९, दिउँसो २ बजे – चैत २, राति १२ बजे: निर्वाचन प्रचार–प्रसारको समय।
चैत ५ गते: त्रिवि अन्तर्गतका क्याम्पसहरूमा स्ववियु निर्वाचन।


