Friday, April 17, 2026
Homeमुख्य समाचारविश्व क्यान्सर दिवस: समयमै पहिचान र सचेतनाबाट जीवन जोगाउने सन्देश

विश्व क्यान्सर दिवस: समयमै पहिचान र सचेतनाबाट जीवन जोगाउने सन्देश

काठमाडौं । आज विश्व क्यान्सर दिवस नेपालसहित विश्वभर विभिन्न चेतनामूलक कार्यक्रम गरेर मनाइँदै छ। प्रत्येक वर्ष फेब्रुअरी ४ मा मनाइने यस दिवसको उद्देश्य क्यान्सरका कारण हुने मृत्यु न्यूनीकरण गर्नु, समयमै पहिचान र उपचारमार्फत जीवन बचाउनु तथा जनचेतना अभिवृद्धि गर्नु हो।

क्यान्सरका विभिन्न प्रकारका कारण धेरैले आफ्ना आफन्त, साथीभाइ तथा छिमेकी गुमाइसकेका छन्। खर्चिलो उपचार, शारीरिक तथा मानसिक पीडा तथा दीर्घकालीन सङ्घर्षका कारण क्यान्सर आज पनि मानव जीवनका लागि ठूलो चुनौती बनेको छ।

हाल विश्वभर लाखौँ मानिस क्यान्सरसँग जुधिरहेका छन्। विभिन्न अध्ययनअनुसार विश्वमा क्यान्सरबाट हुने कुल मृत्युको करिब २२ प्रतिशत सुर्तीजन्य पदार्थको सेवनका कारण हुने गरेको छ। त्यस्तै करिब १० प्रतिशत मृत्यु असन्तुलित खानपान, पोषणयुक्त आहारको कमी, मदिरा सेवन, नियमित व्यायामको अभाव तथा विभिन्न रोग र सङ्क्रमणसँग सम्बन्धित क्यान्सरका कारण हुने गरेको पाइएको छ।

यसका अतिरिक्त विकिरण तथा अन्य सङ्क्रमणलाई पनि क्यान्सरका प्रमुख कारण मानिन्छ। विशेषगरी विकासोन्मुख देशहरूमा हेपाटाइटिस बी, हेपाटाइटिस सी तथा ह्युमन प्यापिलोमा भाइरसका कारण क्यान्सरको जोखिम बढी रहेको अध्ययनले देखाएको छ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका